सैफ-करिनालाई पुत्र लाभ

एजेन्सी, पुस ५-सामाजिक सञ्जालहरुमा खुब चल्ने गरेको बलिउड नायिक करिना कपुरवाला फण्डा फुटेको छ । फण्डा थियो बच्चाको । उनले छोरा जन्माउँछिन् या छोरी भन्ने जिज्ञासाको फण्डा फोड्दै उनले मंगलबार छोरा जन्माएकी छिन् ।

सैफ अलि खानसँग केही वर्ष अगाडी बिबाह गरेकी उनले बिहान साँढे सात बजे छोरालाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा उनले मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा तैमुरअलि खान पटौदीलाई जन्म दिएकी हुन् । सैफ र करिनाले छोरा जन्मिएकाले निकै खुशि भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका हुन् । साथै क्रिसमसको शुभकामना दिन पनि उनीहरुले छुटाएका छैनन् ।

करिना आमा बनेपछि बलिउडकर्मी तथा उनका प्रशंसकले सामाजिक संजालबाट बधाई दिएका छन् । सैफ अलि खान र करिनाले सन् २०१२ मा विवाह गरेका थिए । सैफअलि खानको यस अघिकी पत्नी अमृता सिंहबाट छोरी सारा र छोरा इब्राहिम रहेका छन् ।