बाजीराओ मस्तानीको एक वर्ष पू्रा, रणवीर र दिपिकाको यस्तो बयान

एजेन्सी,पुस ५-फिल्म बाजिराओ मस्तानीको एक वष पूरा भएको अवसरमा बलिउड अभिनेता रणभरि कपूरले उक्त फिल्ममा काम गर्ने मौका पाएकोमा निर्देशक सञ्जय लीला भन्सालीलाई धन्यबाद व्यक्त गरेका छन् । उक्त फिल्मले आफ्नो जीवन नै परिवर्तन भएको रणवीरले बताएका छन् ।

फिल्ममा मराठा साम्राज्यका योद्धा पेशवा बाजिरावोको भूमिकाले आफ्नो जीवन सदाका लागि परिवर्तन भएको उनले व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत रणवीरले फिल्मका निर्देशक सञ्जय, अभिनेत्री दिपिका पादुकोण , प्रियंका चोपडा र पूरा टिमलाई धन्यबाद व्यक्त गरेका हुन् ।

सोमबार उक्त फिल्मको एक वर्षको एनिवर्सरी मनाउँदै दिपिकाले पनि ट्वीटरमा आफूले उक्त फिल्मबाट पाएको अवार्डसहित धन्यवाद दिएकी हुन् ।