आमाकै कारण म यहाँसम्म आइपुगें : आमिर खान

एजेन्सी,पुस ७-बलिउड सुपरस्टार अमिर खानले आफ्नो प्रेरणाको स्रोत आमा भएको बताएका छन् । बुधबार बिहान महिला अधिकारसम्बन्धि कार्यक्रम लोकमतमा उनले आमाले नै आफ्नो हरेक काममा सहयोग गरेको र आफु यहाँसम्म आईपुगेको खुलासा गरेका हुन् ।

कार्यक्रममा उनले आफ्नो बाल्यकाल पनि स्मरण गरे । उनले भने, जुतिबेला म १४ बर्षको थिएँ, पहिलोपटक टेनिस खेल्न आमाले कोहलपुरबाट दिल्ली पठाएकी थिइन् जुन खेल मैले जितेँ । लोकमतका प्रमुख विजय दर्दले अमिरलाई महाराष्ट्र स्टाइलिष्ट अवार्डका लागि पनि निमन्त्रणा दिएका छन् ।