गायक भगवान भण्डारीको “गुराँस झैँ फुलेर” सार्बजनिक

चर्चित गायक भगवान भण्डारीको स्वरमा लोक दोहोरी गीत  'गुराँस झैँ फुलेर' सार्बजनिक भएको छ | यो गीत बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो |

हाल अमेरिकामा रहेका भगवानले केहि महीना अघि नेपाल गएका बेला यो गीत रेकार्ड गरेका थिए |

गीतमा भगवान भण्डारीलाइ र कमला पोख्रेलले साथ दिएकी छिन । गीतको लय शब्द भगवान आफैको हो ।

अमेरिकामा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा गणेश उप्रेती, शान्ति भण्डारी र भगवान भण्डारीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई माया आर्ट्सले सार्बजनिक गरेको हो |