नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश

काठमाडौं, २७ मंसिर । चर्चित नायिका रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकीछिन् । सोमबार विधिवत् रुपमा राप्रपा प्रवेश गरेकी नायिका थापाले आफू अब नमरुञ्जेलसम्म यही पार्टीमा रहने समेत उद्धघोष गरेकी छन् ।

राप्रपा प्रवेश गर्नुअघिको दर्जन बढि बैठकहरुमा उनले अध्यक्ष थापासँग आफू पनि यो मुलुकमा राजसंस्था आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको खुलासा गरेकी थिईन् । नायिका थापाले अब राजसंस्था फर्काउनको लागि कुनै ढिलाई गर्न नहुने धारणा अध्यक्ष कमल थापासँग समेत राखेकीछिन् ।

त्यतिमात्रै होईन, उनले त राजसंस्थाको पूर्नस्थापनासँगै मुलुकलाई हिन्दूराष्ट्र बनाउनुपर्ने सुझाव थापालाई दिएकी छिन् । अध्यक्ष थापासँगको भेटवार्तामा उनले राप्रपाबाट चुनाव जितेर अब आफू नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्मको धोको राखेकीछिन् ।

चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल वली राप्रपामा प्रवेश गरेको दुई हप्ता नबित्दै नायिका थापा पनि राप्रपामा प्रवेश गरेकी छन् । यसअघि नायिका थापा माअोवादीमा प्रवेश गरेकी थिइन्।