विपक्षी दलले १७ गते गर्ने भनेको आमसभा २२ गतेलाई सर्‍यो

काठमाडौं, पुुस ७ – नेकपा एमालेसहितका विपक्षी दलले संविधान संशोधन विधेयक विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको विपक्षी दलको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी हुनुभएको थियो ।

अब विपक्षी गठवन्धनमा ९ दल पुगेको नेम्वाङले जानकारी दिए। बैठकले आउँदो १७ गते गर्ने भनिएको आमसभा २२ गतेलाई सार्ने निर्णय गरेको छ । १७ गते अंग्रेजी नयाँ वर्ष परेको भन्दै २२ गतेलाई सारिएको नेम्वाङले जानकारी दिए ।