संशोधन विधयक राष्ट्रघाती हो भन्ने कुरा प्रमाणित गरेर देखाउन नेता सिंहको चुनाती

काठमाडौँ , पुस ३ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च नेता गणेशमान सिंहको पूर्ण कदको सालिक अनावरण गरेका छन् । ललितपुरको जावलाखेलमा सालिक अनवरण गर्दै संबिधान संशोधन विधयक राष्ट्रघाती हो भन्ने कुरा प्रमाणित गरेर देखाउन एमालेलाई चुनाती दिएका छन् ।

संसदीय व्यवस्थाको उपहास हुनेगरी संसद चल्न नदिएर संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाएका छन् ।

प्रक्रियामा गएको संसोधन प्रस्ताव फेल गराएर देखाउन चुनौती दिदै नेता सिंहले प्रमुख दल मिलेर संविधान कार्यन्वयनको वातावरण निर्माण नगरे मुलुक गम्भीर संकटमा फस्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका ललितपुर जिल्ला सभापतिहरुले सर्वोच्च नेता गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए ।