नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव अमेरिकामा हुने

नेपाल—अमेरिका फिल्म सोसाइटीले वि.सं २०७४ साल वैशाख २२ देखि २४ सम्म (मे ५ देखि ७, २०१७) नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको छ । वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिनसम्म चल्ने छ ।
अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म , वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने संस्थाका महोत्सव निर्देशक पूर्णसिंह बराइलीले द नेपाल टुडेलाई जानकारी दिनुभयो । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिने बराईलीले बताउनु भयो।

नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि उहाँले जानकारी गराउनु भएको छ ।

 नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन अनुरोध गर्दै संस्थाका तर्फबाट उहाँले प्रेस नोट सार्बजनिक गर्नु पनि भएको छ |


प्रेस नोट
मितिः मंसिर १५, २०७३

नेपाल—अमेरिका फिल्म सोसाइटी (Nepal-America Film Society) अमेरिकी कानुनअनुसार दर्ता भई क्रियाशील गैरनाफामुलक संस्था हो । यस संस्थाले नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्य लिइएको छ । फिल्म सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन सुरु गरेको जानकारी गराउ“दछौं ।

यसै क्रममा फिल्म सोसाइटीले वि.सं २०७४ साल वैशाख २२ देखि २४ सम्म (मे ५ देखि ७, २०१७) नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव (Nepal America International Film Festival-2017) आयोजना गर्ने घोषणा गरेको छ । वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ । अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म, वृत्तचित्र(documentary)  छोटा चलचित्र (short-film) एनिमेशन( )का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिनेछ । चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । 
यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायगत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुस“गको सहकार्यमा आयोजना गरिनेछ । यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति (film culture) सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ । 
त्यसैले महोत्सवलाई सफल बनाउन सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं । नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन अनुरोध गर्दछौं । चलचित्र पठाउने सम्पूर्ण जानकारी सामाजिक संजाल र वेभसाइटमा उपलब्ध छ । चलचित्र महोत्सव आयोजना हुने स्थान र समय तालिकाहरु क्रमशः सार्वजनिक गरिने छ । 

चलचित्र महोत्सवसम्बन्धी थप प्रगति विवरणहरु सामाजिक संजाल र वेभसाइटमार्फत क्रमशः जानकारी गराइने छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि चललिचत्रकर्मी, समीक्षक, पत्रकार, चलचित्रसम्बन्धी संघसंस्था र सरोकारवालाहरुबाट सल्लाह सुझाबको हामी सधै स्वागत गर्नेछौं । 

थप जानकारीहरु भएमा हामीलाई nafilmsociety@gmail.com मा संपर्क गर्नुहोला । 

पूर्णसिंह बराइली
महोत्सव निर्देशक 

, ,