एनआरएन अमेरिकाद्वारा मेरिल्याण्डमा क्षेत्रिय स्तरको छलफल कार्यक्रम संपन्न



एनआरएन अमेरिकाले अमेरिकाको मेरिल्याण्डमा क्षेत्रिय स्तरको छलफल कार्यक्रम संपन्न गरेको छ | छलफल सदस्यता वितरण तथा नवीकरणका सम्बन्धमा केंद्रित थियो |

बाल्टीमोरमा भएको कार्यक्रमको संयोजन केंद्रीय उपाध्यक्ष रबिना थापाले गर्नु भएको थियो |

कार्यक्रममा डिसि, मेरिल्याण्ड, भर्जिनिया परिसरका विभिन्न संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो |

कार्यक्रमका सहभागीहरुले एनआरएन अमेरिकाको सदस्यताका सम्बन्धमा विगतमा भएका कमी कमजोरी बताउँदै आगामी दिनमा कसरी राम्रो गराउन सकिन्छ भनेर सुझाब दिनु भएको थियो |

कार्यक्रमको झलक तस्बीरमा