सेतो सूर्यलाई अवार्ड, जित्यो पचास हजार

काठमाडौं,  मंसिर १९-मसिंर २४ गते नेपालमा रिलिज हुन लागेको चलचित्र ‘सेतो सूर्य’ले अष्ट्रेलियामा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । अर्वाडसँगै उसले ५० हजार जितेको छ ।

दश वर्षे जनयुद्धले समाजमा पारेको प्रभावलाई बाल मनोवैज्ञानिक आँखाबाट देखाउन खोजिएको चलचित्र मसिंर २३ गते किम्फमा पनि प्रदर्शन हुनेछ ।

यो फिल्मले अष्ट्रेलियामा उत्कृष्ट एसिएन फिचर फिल्म अवार्ड जितेको हो । नेपालका सबै हलमा यो चलचित्र यही मंसिर २४ गतेबाट प्रदर्शन हुँदैछ ।

हाइवे चलचित्रबाट चर्चा कमाएका दिपक रौनियारले निर्देशन गरेको चलचित्र सेतो सूर्यमा दयाहाङ राई, रविन्द्र सिंह बानिया, सुमी मल्ल, अमृत परियार लगायतको अभिनय रहेको छ ।