ओसामाविन लादेनका छोरा हम्जाविनलाई अन्तर्राष्ट्रिय आतङ्ककारी घोषणा

बासिङ्गटन, २२ पुस - आतङ्गकारी समूह अदकायदाका पूर्व नेता ओसामाविन लादेनका छोरा हाम्जाविन लादेनलाई अमेरिकाले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय आतङ्ककारीका रुपमा घोषणा गरेको छ। हाम्जा अहिले २५ देखि ३० वर्षको हाराहारीमा रहेको उनी सन् २०१५ देखि अलकायदाका आधिकारीक सदस्यका रुपमा रहँदै आएका थिए।

उनलाई त्यसबेलादेखि नै ओसामाविन लादेनका उत्तराधिकारीका रुपमा हेरिदै आएको थियो। उनले विगतदेखि नै पश्चिमी मुलुकका राजधानीहरूमा आक्रमणका लागि आग्रह गर्दै आएका थिए । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई हाम्जाविन लादेन सक्रिय रुपमा आतङ्ककारी गतिविधिमा संलग्न भएको जानकारी गराउँदै आएको जनाएको छ। यस किसिमको घोषणाले उनले कुनै पनि अमेरिकी कम्पनीसँग व्यबसायिक करोबार गर्न तथा अमेरिकामा सम्पत्ती राख्न पाउनबाट रोक लगाउन सक्छ।

 हम्जासन् २०११ मा पाकिस्तानमा भएको अमेरिकी कारवाहीका क्रममा पक्राउ परेकी ओसामाविन लादेनकी श्रीमती खइरइया सबारको तर्फका छोरा हुन। सो कारवाहीका क्रममा उनी उक्त स्थानमा थिएनन् । बीबीसी