साउदी अरेबियाको जेद्दामा श्रमिकका समस्या माथी अन्तरकृया


अरुण चापागाईं
जनवरी ७,
जेद्दा, साउदी अरेबिया

एनआरएनए साउदी अरेबियाको आयोजना तथा नेपाली दूतावासको सहयोगमा आज साउदी अरेबियाको जेद्दामा श्रमिक विषयक अन्तरकृया कार्यक्रम सम्म्पन्न भयको छ ।

साउदी अरेबियामा कार्यरत नेपाली कामदार हरुको समस्या तथा साउदी अरेबियाको आर्थिक समस्याले नेपाली कामदारहरुलाइ पारेको प्रभावका बारेमा अन्तरक्रियामा छलफल भयको थियो ।

अन्तरक्रियामा तमु धिं का धन गुरुङ, आदिबासी जनजाति महासङ्घका बालकुमार राई , तामाङ धेदुङका नवराज घिसिङ ,नेपाली युबा क्लबका नर बहादुर मगर, नेपाल समन्वय समितिका पुर्ण बहादुर कार्की, NRNA NCC का अध्यक्ष नारायण पासवान ,महासचिव तेजबहादुर थापा, NRNA ICC वैदेशिक रोजगार आप्रबाशी कल्याण समिति संयोजक धर्म के सि, महाबानिज्य दुत रेबती रमन पौडेल , मनोहरी डंगोल, भोजराज घिमिरे तथा विभिन्न समाजसेबि र कामदारहरुको उल्लेखनीय सहभागिता रहेको थियो |

कार्यक्रममा विभिन्न स्थानबाट उपलब्ध भयका पीडित हरुका भिडियो तथा उपस्थित भयका पीडितहरुका समस्याहरुमा छल्फल हरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै NRNA का उपाध्यक्ष ध्रुब रिजालले साउदी र नेपाल बिचमा श्रम सम्झौता  नहुनु, सीप बिकास नगरी वैदेशिक रोजगारीमा आउनु , भिसा प्रमानिकरन नगरी श्रम स्वीकृत गरिनु तथा भासा धर्मको राम्रो जान्करी नहुनुले पनि समस्या उत्पन्न गरेको बताउनु भयो ।

त्यस्तै बिरेन्द्र कटवाल ले कमजोर तथा लाचार नेपाल सरकार ,गैर सेवामूलक मेनपावर कम्पनी ,बेरोजगारी र गरिबी ,कन्ट्याचुयल कामदार प्रणाली , गैर कानुनीरूपमा कम्पनी छाडेर भाग्ने प्रबृत्ति ,साउदी मा आयको आर्थिक मन्दी अनि सरकार को नितिगत परिवर्तन ले समस्या उत्पन्न गरेको बताउनु भयो ।

कार्यक्रममा महिलाहरुलाई सेल्टरको स्थापना तथा कानुनी सहयोगका लागि सहयोगीको उपलब्धताका बारेमा माग गरियको थियो ।







,