जनसम्पर्क समिति जापानमा बिद्रोह



ह्याप्पी बन्धु, टोकियो

नेपाली कांग्रेस समर्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको बिधान बिपरित कार्यसमिति चयन गरेको भदै युवाहरूले बहिस्कार गरेका छन । कांग्रेस नेता पाण्डे युवा बिरोधी भएको आरोप लगाउदै जनसम्पर्क समितिका युवाहरुले जापानमा रहेका कांग्रेस नेता सुरेन्द्र पाण्डेलाई ध्यानाकर्षण गराएका हुन् ।

विधान बिपरित कार्यसमिति चयन गरेको भन्दै कांग्रेस नेता सुरेन्द्र पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।  युवा नेता कुशल धितालको नेतृत्वमा गएका युवाहरुको टोलिले नेता सुरेन्द्र राज पाण्डेलाई बिरोध पत्र बुझाएका हुन् ।

नेपाली जनसम्पर्क समितिका युवाहरुले बुँदागत रुपमा आपत्ति जनाउँदै जापानमै रहेका नेता पाण्डेलाई बिरोध पत्र बुझाएका हुन् |

जापानका नेपाली जनसम्पर्क समितिका युवाहरुले बुँदागत रुपमा आपत्ति उठाउदै जापानमै रहनु भएका नेता पाण्डेलाई किन र कसरी भयो बिधान बिपरित कार्यसमिति चयन कुन बिधानको आधारमा बितरण गर्नु भो ७० जनलाई प्रमाण प्रत्र भन्न्दा पाण्डेले यस कुरामा आफु नबोने बाताए करिब एक महिना अगाडि जापान आउनु भएका नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र युवा नेता राजन के.सी. जापान आगमनसँगै युवाले नियम सँगत, बिधान अनुसार बिबाद समाधान गर्नुस भन्ने आग्रहलाई लत्याउदै बिबाद समाधान गर्ने बाहानामा लोकतन्त्र, बिधी र बिधानको खिल्ली उडाउदै गुट उपगुट सिर्जना गरी नेपाली जनसम्पर्क समिती जापानमा गलत नजिर स्थापित गर्दै बिधानमा नै नभएको १-१ बर्ष कार्यकाल दुई गुटमा बाडीचुडि खाने गरि लजास्पद, र हास्यास्पद सम्झौता समझदारी गरी लोकतन्त्रका लागि जीवनभर लडेका बरिस्ठ नेता रामचन्द्र पौडेल र युवा नेता राजन के.सी को मानमर्दन गर्नु हो भने अलोकतान्त्रिक काम भएको जापानका युवाहरुले महसुस गरेका छाैं ।

१. नेपाली जनसम्पर्क समिती जापानका बिबादित पक्षलाइ समेटेर एकीकृत गर्ने नाममा बिधान बिपरित १- १ बर्ष को कार्यकालको बिरोध गरौ । जनसम्पर्क समिती जापान लाई गलत नजिर स्थापित हुन बाट जोगाऊ ।

२. दुई समुह भयो भने १-१ बर्ष खाने ? तीन, चार समुह हुने हो भने ६-६ महिना? बिधान परिवर्तन गर अनि खाउ ।

३. एकीकृत गर्ने नै हो भने शक्तिसाली निर्वाचन कमिटी बनाएर निर्वाचनमा जाउ ।

४. तत्काल दिर्घकालिन असर पुग्ने क्षणिक गलत सम्झौता खारेज गरौ ।

हामी एकता बिरोधी होइनौ । गलत प्रक्रियाको हो लामो समय देखिको अन्यौलता पछि नेपाली जनसम्पर्क समिती जापानमा देखिएका केहि असमझदारीलाई एकता भनेर भनीएतापनी सत्य नभएको कुरा जनाकारी गर्दै यो कुनै पनी हाँलतमा ए नहुने कुरा धादिङ् का युवा नेता राम सिम्खडाले जानकारी दिनु भयो एस्तो ६९ सदस्यीय कमिटि गठन गरि काही नभएको जात्रा हाडीगाउमा भएको छ र यो पूर्ण रूपमा बिधान बिपरित भएको र एसले कार्यकता को भविष्य लाइ अनयोल पारेको बताइएको छ । धेरै केंद्रीय पदाधिकारिहरूले रजिनामा दीइ , बिधि र बिधान बमोजिम नया कांग्रेसी शक्तिहरूले फेरी बिधान बमोजीम असलि कांग्रेसीहरुको २९ तारिक आईतबार बृहत भेला गर्ने सभासद् दिपक खड्काको भाई जिबन खड्काले जानकारी दिएका छन । हिजो मात्र सम्पन कार्य समिति बाट बिधान् बिपरित भएको र त्यो हामी लाई मान्य नहूने भन्दै एक दर्जन युवाहरु ले राजिनामा दिएका  छन् |

राज़ीनामा दिने कार्य समितिको नामावली :- धूर्ब कुमार थापा , दिपक बुर्जा मगर, कृपन दाहाल, उल्लाश पाण्डे, जीवन खड्का, सुजन खड्का , राम बहादुर कार्की, नविन सागर सापकोटा, कमल आचार्य, मेखबहादुर लामा (तामाङ्ग), डिल्लीराम शिवाकोटी, शुस्मा वाईबा, साधना भट्टराइ , श्याम लामा रहेका छन् |

बिरोधि युवा नेताहरु :-
कुशल धिताल, सूभास लोहनी, राम सिम्खडा, रोशन अधिकारी, अमित गौतम, कुमार कार्कि, मिलन कडेल, प्रल्हाद रुपाखेती, दिनेश अधिकारी, बिमानसिंग मोक्ताङ, दीलीप बाबु 'शिव', रिशिराम शर्मा, फडिंद्र सर्मा सूबेदी, डालफराज गिरी, रबिन लामा, मर्म तामांग, ओम गिरी, गोपाल गिरी, ज्ञानेन्द्र लामा, निकेश सिंग श्रेस्ठ, मित्र देवकोटा, प्रबिन मैंनाली, प्रकाश गिरी, यदू मनी सपकोटा, कुमार गिरी, श्याम शर्मा, नबिन अधिकारी, बाबुराम सापकोटा (तोचीगी ) |

, ,