ट्रम्पलको कार्यकालमा ढुक्क छैनन् अमेरीकी जनताः सर्भेक्षण

अमेरिका, २० पुस। अमेरिकाको राष्ट्रपति पदमा हालै निर्वाचित डोनाल्ड ट्रमले राष्ट्रपतिका रुपमा देशलाई हाँक्न सक्ने कुरा प्रति शंका व्यक्त गरेका छन् ।

हालै सार्वजनिक भएको एक मत सर्भेक्षणले सो कुरा बताएको टाइम्स म्यागाजिनले जनाएको छ। सो सर्भेक्षणमा आधाभन्दा कम अमेरिकी नागगिरकले मात्र उनले अन्तरौष्ट्रिय संकटलाई समाधान गर्न सक्ने, ठूला खाले काण्डहरू हुन नदिने तथा सैनिक शक्तिलाई जिम्मेवार ढङ्गले प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार सार्वजनिक भएको गलअफ पोलको मत परिणाममा जम्मा ४४ प्रतिशत अमेरिकीले मात्र ट्रम्सले प्रशासनिक क्षेत्रमा हुने मुख्य काण्डहरूलाई टार्न सक्ने बताएका थिए । त्यस्तै, सर्भेक्षणमा सहभागी ४६ प्रतिशतले मात्र ट्रम्समा अन्तर्राष्ट्रिय संकटलाई टार्न सक्ने क्षमता रहेको बताएका थिए । त्यस्तै ४७ प्रतिशतले उनले सैनिक शक्तिलाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस अघि बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनको कार्यकालमा यस्तै प्रश्न सोधिएकोमा तीन चौथाई सर्वसाधारणले उनीहरुप्रति विश्वास व्यक्त गरेका थिए ।