कारबाहीमा तालिवान प्रमुख कमाण्डरसहित बाह्रको मृत्यु

लास्कार घा (अफगानिस्तान),  पुस२८- अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन् ।

मारिएका यी आतङ्ककारीहरूमा तालिवान प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो बमबारी भएको अवस्थामा ती आतङ्ककारीहरू सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

हेलमाण्ड प्रान्तमा सरकारी बलसँग गत दुई वर्षयता रक्तपातपूर्ण सङ्घर्ष गरिरहेका तालिवानी आतङ्ककारीहरू भने यस बमबारीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस