साना दलबाट आज दुई मन्त्री थपिँदै

काठमाडौं, माघ ६-प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार आज मन्त्री थप्दैछन्। नयाँ बन्ने मन्त्रीमा समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का छन् ।

बिहिबार नै उनीहरुको शपथ हुनेछ। सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय तथा खड्काले महिला तथा बालबालिका मन्त्रालय पाउनेछन्।

सत्तारोहणको ६ महिनापछि दाहालले दुई मन्त्री थप्न लागेका हुन्। संसदमा दुवै नेताको दलबाट उनीहरुमात्रे एक एक सांसद छन्। दुई मन्त्री थपिएसँगै दाहाल सरकार ४३ सदस्यीय हुनेछ।