एनआरएन अमेरिकाको साधारणसभा सम्पन्न ।

गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको पाँचौ वार्षिक साधारण सभा यही शनिवार एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएकाे छ । 

उक्त साधारण सभाकाे समुद्घाटन परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले गर्नुभयो । करिव तीनलाख पचास हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिने अमेरिकामा एनअारएनले सबैको साझा संगठनको रूपमा काम गरेको देखेर नै होला मन्त्री महत विरोधको वास्तै नगरि अमेरिका अाउनु भएको । 

        "अन्य देशहरूको तुलनामा अमेरिका जस्तो संसारको नया टेक्नोलोजी मात्र नभई संसारकै शक्तिशाली देशमा हाम्रा दाजुभाई दिदी वहिनी हुनु हाम्रो लागि राम्रो अवसर हो" डा महतले भन्नु भयो । मन्त्री महतले फेरि थप्नु भयो " त्यसैले नेपालीहरूको बोक्लो वस्ती रहेको ठाउँमा कन्सुलेट कार्यालय स्थापना गर्नका लागि सरकारले  गृहकार्य पनि गरिसकेको छ । उक्त ठाउँ विषेश गरि टेक्सस र क्यालिफोर्निया उपयुक्त रहेको महसुस गरिएको छ ।"

त्यसै गरि मन्त्री महतले भन्नु भयो " नेपालीहरू बाहिरिनु देशका लागि ठूलो घाटा हो तथापि बाहिरिएका नेपालीलाई एनआरएनएले देशसँग जोड़ने काम गरेको छ । रेमिटेन्सले देश चल्न सक्छ । तर उच्च अार्थिक वृद्धि हुनसक्दैन । हामी चाहन्छाै, ठूलो संख्यामा रहेका तपाइहरू नेपालमै गएर नेपालकै समृद्दिमा लाग्नु हुनेछ । त्यो काम देश भित्र गोर्खाको बार्पाक लगायतका महाभुकम्पले ध्वस्त वनाएका  ठाउँमा घर वनाएर नेपाल र नेपालीका लागि ठूलो काम गर्नु भएको छ । यो कुराले हामी नेपालमा वस्ने सम्पूर्ण नेपालीहरू अत्यन्त ख़ुशी भएका छौ र यस्तो महान कामले पक्कै पनि देशसँग जोड्ने कार्य एनआरएनले गर्यो ।"
मन्त्री महतले थप्नु भयो " विशेष गरि नेपालवाट दक्ष र क्षमतावान जनशक्तिको पलायन भईरहेको छ यो दुखको कुरा हो । आज नेपालका शिक्षित युवा युवतीहरू युरोप, अमेरिका, अष्ट्रेलिया भकाभक गईरहेका छन । एनआरएनएले यी दक्ष जनशक्तिहरूलाई यसरीनै जोड्ने काम गर्यो भने एक न एक दिन देश सम्पन्न भएपछि विदेशमा रहेका सबै नेपालीहरू देश फर्कने छन ।"  
ग्रीनकार्ड र पिअारको विषयमा नेपाल भित्र चर्को रूपमा विरोध गरेर विवादित वनाउन वेलाबखत उठाईएका कुरालाई ठाडै अस्विकार्दै मन्त्री महतले भन्नु भयो " यो एउटा  त सहज रूपमा अावत जावत र बस्ने सुविधा मात्र दिएको हो । अझ सजिलो  अर्थमा भन्ने हो भने यो त एउटा ओर्कप्रमिट मात्र हो ।"

त्यसरीनै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले भन्नु भयो " अहिलेको एनआरएनए अमेरिकाको टीमले देशमा गएको महाभुकम्पमा डा केशव पौडेलको नेतृत्वमा ठूलो उद्धार तथा सहयोग गर्यो । अध्यक्ष डा पौडेल आफ्नो विद्यार्थी जीवन देखि नै प्रजातांत्रिक आन्दोलनमा लागेको मान्छे, यहाँ अमेरिकामा आई आफ्नो मानवीय हितको पेशालाई सँग सँगै लगेर एनआरएनएको अध्यक्ष भई समग्र
नेपाल र  नेपालीको लागि राम्रो काम गर्नु भएको मैले देखेको छु । डा पौडेल अत्यन्त सीधा सरल र सहयोगी व्यक्तित्व हुनुहुन्छ । "

 यसरी नै एनआरएनए अन्तर्राष्ट्रय समन्वय समितिका उपाध्यक्ष कुमार पन्तले सारा देश देशान्तरमा छरिएर रहेका विभिन्न तह र तप्काका साथै विभिन्न भाषा बोल्ने नेपालीहरूलाई एउटै मूलधारमा समेटेर जानुपर्ने अवस्था टडकारो रहेको बताऊँदै । एनआरएनएले यी र यस्ता तमाम काम गर्ने छ भन्नु भयो ।
कार्यक्रममा  न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले हरेक दिन हजारौको संख्यामा बिदेश छिरेर दुख पाएका नेपालीलाई मात्रै नभई  युरोप देखि अमेरिका सम्म र अष्ट्रेलियामा देखि खाडी, तथा दुवई ,मलेशिया सम्म रहेका र दु:ख पाएका नेपाली दाजुभाइ र दिदी वहिनी बीच समान भावनाले रहेर एनआरएनएले खाका कोर्नु पर्छ भन्नु भयो ।  
कार्यक्रममा इनिस शहरकी मेयर एन्जिलिन जुनिमेनले नेपालीहरूको ईमानदारीता र लगनशीलताको वर्णन गर्दै संसारकै सुन्दर देश नेपालमा म चाडो भन्दा चाडो जानेछु भन्नु भयो ।
त्यसरीनै नेपाली राजदूत अर्जुनकुमार कार्कीले वाहिरका समुदायसँग मिलेर वस्ने ईमानदार नेपाली आआफू भेला हुदा र आफ्नो संगठन भीत्र झगड़ा गर्न भएन भन्नु भयो । एनआरएन अाइसीसी अमेरिकाका सोनामा लामा,एनआरएन अमेरिका का सल्लाहकार तथा अवैतनिक वाणिज्य दुत द्वय प्रेम राजा महत,र ऋषि ढकाल, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला अाचार्य, एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री नेपाली जनसम्पर्क समितिका अध्यक्ष अानन्द विष्ट, डा. यादव पण्डित लगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अायोजकका तर्फबाट एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले स्वागत मन्तव्य दिनु भयो ।  
   
 उद्घाटनका अवसरमा एनआरएन टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने तथा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले सम्पूर्ण आगन्तुक पाहुनाहरूलाई स्वाग गर्दै एनआरएनएले छोटो समयमा पनि राम्रो काम गरेको जानकारि दिनुभयो ।  
उक्त कार्यक्रममा एनआरएनए मिचिगन च्याप्टरको तर्फबाट गोरखामा निर्माणाधिन हुन लागेको घरहरूको निर्माणका लागि चार हजार तीन सय डलर एनअारएनए आईसीसीका उपाध्यक्ष कुमार पन्तलाई हस्तान्तरण गर्नुभयो ।  


 ड्यालस नेपालीहरूका लागि अाकर्षक गन्तव्य हुँदै गएकाे र लगानीका लागि पनि सबैभन्दा सुरक्षित अनि सहज क्षेत्र भएकोले होला त्यहाँ आउने अधिकांश आगन्तुकहरू कोही दुई चार दिन अगावै आएर विजनेश हेरेको पाईयो भने कुनै अल्लि दिन वसेर सम्भावनाहरू हेर्ने अभिलाषाले आएको पनि पाईयो । जे होस् यस पटकको एनआरएनएको साधारण सभा अत्यन्त उत्साहका साथ नेपाली जन समुदायले ठूलो सहभागिता जनाएकोमा दुईमत छैन् ।  

--सर्बज्ञ वाग्ले                                                          मिडिया कोअर्डिनेटर 
एनआरएनए , अमेरिका