देश टुक्र्याउन खोज्नेलाई प्रचण्डले संरक्षण गरे : नेपाल

काठमाडौं, ३ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता माधवकुमार नेपालले देश टुक्राउन खोज्ने तत्वलाई प्रधानमन्त्री प्रचण्डले नै संरक्षण गरेको आरोप लगाएका छन्।

आईतबार भक्तपुरमा ‘समय समाज’ साप्ताहिक पत्रिकाको १२ औं वर्ष प्रवेश कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने ‘देश टुक्राउने पक्षलाई रोक्न सबैपक्ष सचेत हुनुपर्दछ ।’

उनले जात र धर्म भन्ने कुरा रोक्न नसके देश विदेशीको चक्रव्यूहमा फस्ने बताउँदै भने ‘अहिले जात र धर्मका कुराहरु आईरहेको छ, यो गम्भिर कुरा हो यसमा सचेत हुनु पर्दछ ।’ मुलुकमा विखण्डन ल्याउन खोज्ने देशद्रोही र राष्ट्रघातीलाई नङ्ग्याउनु पर्ने नेता नेपालको भनाई थियो।