अमेरिकी गुप्तचर अधिकारी ट्रम्पप्रति असन्तुष्ट : पुटिन र एसान्जेप्रति बढी चासो किन ?

वासिङटन, २१ पुष - अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल ट्रम्पप्रति अमेरिकी गुप्तचर अधिकारी पनि असन्तुष्ट भएका छन्। ट्रम्सले हालै सार्वजनिक गरेको टुवीट र उनीहरू विरुद्ध सावर्जनिक रुपमा गरेको कटाक्षबाट उनीहरू रुष्ट भएका हुन।

 ट्रम्सको ट्वीट र सार्वजनिक टिप्पणीबारे एक अधिकारीले भने– कोही पनि नयाँ नेतृत्व विरुद्ध उभिन चहाँदैन तर हामीहरू मनमुटावको फरक युगतर्फ लाग्दैछौ। त्यस्तै अर्का अधिकारीले थपे, यो एक दुखदायी दिन हो जब कुनै राजनीतिज्ञले दैनिक रुपमा आफ्नो जीवन जोखिममा राखेर वस्तुनिष्ठ ढङ्गले तटस्थ रुपमा गुप्तचरी सूचनाहरूको सम्प्रेसण गरी रहेका गुप्तचर कमर्चारीका बारेमा भन्दा राष्ट्रपति भ्यादिमिर पुटीन र विक्लिक्सका संस्थापक जुलियन एसान्जेप्रति बढी चासो राख्न थाल्छन्।

 ती अधिकारीले डेमोक्रेटिक पार्टीको इमेल रुसले ह्याक गरेको थिएन भन्ने एसेन्जेको भनाइलाई समेटर बुधबार ट्रम्पसले गरेको ट्वीटतर्फ संकेत गद सो कुरा बताएका हुन। गुप्तचर संस्थाका ती अधिकारीले ट्रम्सले सार्वजनिक रुपमा गुप्तचर संस्थाबारे दिएको अभिव्यक्ति र गुप्तचर संस्थाका अधिकारीसँगको गोप्य रुपमा गरिने बैठकमा गर्ने ब्यबहारमा ठूलो भिन्नता रहेको बताएका छन्।

 ट्रम्ससँगको बैठकबारे जानकार एक अमेरिकी अधिकारीले गुप्तचरहरुसँगको बैठक (ब्रिफिङ)मा ट्रम्प निकै व्यबसायिक, नम्र र हाँसिले रुपमा प्रस्तुत हुने गरेको तथा उनले कुराहरु सुन्ने गरेको बताए। त्यस्तै अर्का अधिकारीले त्यस किसिमको बैठकमा उनले कतिपय सूचनालाई टिप्पणी गर्नुका साथै प्रश्न गर्ने गरेको बताए। सीएनएन

,