प्रेमवादको २०१७ सालको दुःखहरण पूजा दमक झापामा


दमक झापा 
प्रेमवादको २०१७ सालको दुःखहरण पूजा दमक झापामा भएको थियो । दुःखहरुण पूजा नया सालको पहिलो दिनमा हुने गर्दछ । प्रमुख अतिथिको रुपमा महामहिम सम्माननीय उपराष्ट्रपति नन्द किशोर पुन पाल्नुभएको थियो । दुःख हरण पूजामा नेपालको विषेशगरि पूर्बीय भागबाट १ (एक) लाखको हाराहारीमा प्रेमवादी यात्रीहरुको उपस्थिति थियो भने विविन्न देशबाट प्रतिनिधिहरुले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा गुरु ऊँनन्दज्यूबाट लिखित अँग्रेजी किताब बिमोचन गर्दै प्रमुख अतिथिज्यूले प्रेमवादले उठाएका अभियानहरु विश्व शान्तिको लागि भनेर मैले बुझेको छु भन्नुभयो । थपमा, प्रेमवादले संस्कार र धर्मगत रुपमा पछि पारीएका छोरीचेलीहरुको न्यायिक उद्धार गरेको, संस्कारमा सुधार ल्याएको, अनाथ र बृद्धाहरुको लागि लभिङहोम नामले अनाथलयहरु सन्चालन गरेको अनि सर्वधर्मको सिद्धान्त लिएको कुरा श्रहानिय छ भन्नु भयो । प्रेम नै धर्मदर्शनहरुका सार हो अतः प्रेमवादले अघि सारेका मुद्धा प्रशँसनिय रहेको जनाउनु भयो ।

प्रेमवादका दार्शनिक गुरु ऊँनन्दबाट सदाझैँ बिहान ५ बजे र ७ मिनेटमा मुख्य दियो बाल्नु भई पूजाको शुभारम्भ गर्नुभएको थियो । वहाँबाट पूजामा सारा चराचर जगतको लागि कल्याणर्थ र मँगलार्थ पूजा र प्रार्थना गर्नुभएको थियो । साना कमिला अनि किरा पट्याँग्रादेखी लिएर सारा मानव जन र पशुपँक्षि प्राणीको उद्धार र मँगल होस् भनि वहाँबाट ईश्वरप्रति पुकार गुन्जिएको थियो ।

कार्यक्रममा गायत्री मन्त्र, बुद्धिस्ट मन्त्र, इस्लाम मन्त्र लगायत अरु विविन्न किसिम्को भजनहरु गुन्जिरहेको थियो । पुजाको मुख्य केन्द्र निहिनमा धेरै सम्प्रदायका गुरुहरु मिलेर आफ्नो आफ्नो शास्त्रहरु पढिरहेको देखिन्थे ः पण्डितहरु, लामाहरु, किरात धर्म सेवासाभाहरु, इस्लामका पादरीहरु, जापानीज ननहरु लगायत ब्रम्हाकुमारी, कृष्ण प्रणामी आदि गुरुहरुबाट निरन्तर आआफ्नो  शास्त्रहरुको वाचन भइरहेको सुनिन्थे ।

गुरु ऊँनन्दज्यूको मुख्य पुजा पछिको भगवानको सर्बव्यपक्तालाई सरल भाषामा बुझाउदै उठाउनुभएका केहि थप बुँदाहरु,
१. प्रेमवाद दर्शनले सवै धर्मलाई आफ्नै धर्मको रुपमा हेर्छ ।
२. पशुप्राणीको बलि प्रथा ईश्वर वा पूर्खाहरुको चाहाना हैन । बलि गर्नु महापाप पनि हो ।
३. सवै भन्दा मान्छेको दुष्मन, शैतान नभएर आफ्नै अहँकार हो । अहँकारलाई दवाउन साँचो प्रेम चाहिन्छ । साँचो प्रेमले अहँकार, रीस, दुष्मणभाव आदिलाई हिउलाई घामले पग्लाए सरी पगाल्छ ।
४. प्रेमवादले सेवाको मार्गलाई विषेश स्थान दिएको छ ।
५. सवैको मँगल नै प्रेमवाद हो ।


अन्तिम सन्देशमा, आज जति आरोप लाञ्छनाहरु केहि मान्छेहरु रच्छन् त्यतिनै इतिहास बन्दै गरेको उल्लेख गर्नुभयो । संस्कार संस्कृतिकै चिन्ता थियो भने यो कुरा सवैलाई थाहा होस् कि प्रेमवादको दर्शनले सवैको संस्कारलाई सम्मान गर्दै आएको छ र गर्छ । अर्को कुरा कथमकदाचित संस्कार मेटिन्दै गरेको महषुश भएको हो भने आउनुहोस् संस्कारका कुराहरुलाई मिलाएर जाउँ भनेर आह्वान गर्दागर्दै पनि ध्यान नदिएर पछाडि रहेर आरोप र लाञ्छना लाउनुको पछाडी संस्कारको चिन्ता हुँदैहैन बरु राजनीति उद्धेश्य सँगै अरु नै  उद्धेश्य लुकेको जनाउनु भयो ।

ऊँनन्द गुरुज्यूको अन्तिम बाणी कवितात्मक लयमा पेश भएको थियो ः

प्रेमले संसारै ढाकोस्, प्रेमकै कुरा होस् जताततै
समाज प्रेमकै निर्माण होस्, दुष्टभाव नहोस् कहिँ कतै
चारैतिर खुशिको फुल फुलोस्, नहोस् कसैलाई दुःख पीर
प्रेमको झण्डा फरफरिई, मुल फुटोस् शान्तिको, सवैतिर ।

प्रेमकै कानले सुन्न संकु, प्रेमकै आँखाले देख्न सँकु
प्रेमकै पाइला चाल्न संकु, प्रेमकै बोली बोल्न संकु
लोभ पाप दुष्टभावलाई, प्रेमकै भावले मेट्न संकु
प्रेम कै पूजाको प्रशाद बनी, बाँकि जीवन जिउन सँकु ।

प्रेममा कसैको न जित छ, प्रेममा न कसैको हार
प्रेम नै सव धर्मको सार, प्रेम नै हो जीवनको आधार
प्रेमको फुल फुल्दछ जहाँ जहाँ, शान्ति फक्रिन्छ त्याहाँ, त्याहाँ
प्रेम नै हो मार्ग मुक्तिको, प्रेम नै हो बाटो भगवान कहाँ ।







,