कमल थापा र विजय गच्छदार फकाउँदै प्रधानमन्त्री

काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल  राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याउनको लागि गृहकार्यमा जुटेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार सरकारमा आउन तयार रहेका छन् भने राप्रपा अध्यक्ष कमल थापाले भने अहिले नै ग्रिन सिग्नल दिन नसक्ने जवाफ दिएका छन्।

 प्रधानमन्त्री दाहालले आज विहान दुवै नेताहरुसँग फोनवार्ता गरेर सरकारमा आउनको लागि आग्रह गरेका थिए। तर राप्रपा अध्यक्ष थापाले अझै एक हप्ताको समय माँग गरेका छन्। उनले पार्टीभित्र आन्तरिक समझदारी कायम गरेरमात्रै निर्णय गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्री दाहालले दुवै नेतालाई मन्त्रालय रोजेर लिन समेत आग्रह दिएका छन्। जुन मन्त्रालय लिएपनि दिन प्रधानमन्त्री तयार हुनुहुन्छ, स्रोतले भन्यो।