धुर्मुस सुन्तली फाउण्डेशनलाई अमेरिकाको स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजको आर्थिक सहयोग


बाल्टिमोर, अमेरिका
 नेपालको धुर्मुस सुन्तली फाउण्डेशनलाई अमेरिकाको कनेक्टीकट राज्य स्थित स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजले आर्थिक सहयोग गरेको छ |
फाउण्डेशनले गरेको अनुकरणीय मानविय कामको सम्मान गर्दै उक्त सहयोग गरेको उक्त समाजका एक सदस्य प्रवेश उप्रेती पौलले द नेपाल टुडेलाई जनाकारी दिनु भएको छ |
महोत्तरी जिल्ला, बर्दिवासका मुसहरहरुको लागि एकीकृत बस्ती निर्माण गर्नको लागि धुर्मुस सुन्तली  फाउण्डेशनले शुरु गरेको पवित्र मानविय सहयोगकर्मको उच्च सम्मान र कदर गर्दै, सो फाउण्डेशनले गरेको मानविय काममा होस्टेमा हैंसे गर्ने उद्देश्यले आफुहरुले उक्त सहयोग गरेको  प्रवेश उप्रेतीले बताउनु भयो |

अमेरिकाको कनेक्टीकट राज्य स्थित स्टाम्फोर्ड नोर्वाल्क नेपाली समाजका हामी प्रवासी नेपालीहरु बाट गत तिहारमा देउसीभैलो खेलेर संकलन गरिएको जम्मा रु. ७४४९७/४०  तपशिलका व्यक्तिहरुको रोहबरमा धुर्मुस सुन्तली फाउन्डेशनका संस्थापक कुन्जना घिमिरे (सुन्तली) को नाममा हस्तान्तरण गरेको हो |

रकम सहयोग गर्नुहुने उक्त समाजका नेपाली सहयोगीहरुको नामावली यस प्रकार छ:

१. प्रवेश उप्रेती पौल                                                                                                
२. श्याम प्रकाश गिरी
३. सरस्वती तिवारी
४. प्रदिप खनाल
५. लिला भट्टराई
६. तेज गिरी
७. इन्द्र भुसाल
८. दिपक ज्ञवाली
९. प्रकाश कंडेल
१०. नारायण खनाल
११. यादव जोशी
१२. कपिल ज्ञवाली
१३. अनु बस्ताकोटी
१४. सत्या सापकोटा
१५. श्रृजना अधिकारी



, ,