फेसबुकको करामत सुड्डी परी च्याटमा (भिडियो सहित )


कुमार कान्छा घायल क्षेत्री

पाल्पा गल्धा खरकडाँडामा जन्मिएर सानै उमेरदेखि गीत सँगीतमा रूचि राख्ने सन्त बयम्बु मगरको हिजो मात्रै कमेडी गीतको म्यूजिक भिडियो टि टाईम म्यूजिक मार्फत सार्वजनिक भएको छ |

फेसबुकमा भित्रिएका बिकृति बिसँगतिलाई हल्का ब्याङ्ग्य प्रहार गर्न खोजिएको लोक कमेडी  गीत " सुड्डी परी च्याटमा "रहेको छ ।

यल्बम रिलिजसँगै दर्शक स्रोताहरूले अत्यधिक मात्रामा रूचाई दिएको कलाकार सन्त बयम्बु मगर हामीलाई बताऊनु हुन्छ । यस गीति सँग्रहलाई गायक स्वयंले लय शब्द गर्नु भएको र गीतमा चर्चित लोक दोहोरी गायिका तिर्सना घर्ति मगरले आवाजमा साथ दिनु भएको छ ।म्यूजिक एरेन्जर बरिष्ठ कलाकार ईन्द्र जि.सी को एरेन्जमा तयार भएको थियो ।

अभिनयमा गायिका तिर्सना घर्ति मगर र  हाँस्य कलाकार ऊज्वल गिरी दानबिर को ज्वलन्त अभिनय रहेको छ ।

'सुड्डी परी च्याटमा' को  सफलता प्राप्तिसँगै गायक कलाकार सन्त बयम्बु मगर अझै हौशिएका छन । लगत्तै आफ्नै लय र कुमार कान्छा घायल क्षेत्रीको मार्मिक शब्द लहरीमा "दिलको मोबाइल " रेकर्डिङ्गको क्रममा जुटिसकेको हामीलाई बताऊनु हुन्छ ।

 द नेपाल टू डे परिवार चर्चित गायक कलाकार सन्त बयम्बु मगरलाई हार्दिक बधाई सफलताको शुभकामना दिन चाहन्छौं ।

,