२०२६ को विश्कप फुटबलमा ४८ टिम हुने फिफाको निर्णय

काठमाडौँ , पुस २६ - सन् २०२६ को विश्वकप देखि ४८ देशले भाग लिन पाउने भएका छन् । फिफाको काउन्सिल बैठकले सो सम्बन्धि निर्णय गरेको फिफाले जनाएको छ । सर्वसहमतीले सो निर्णय गरेको बताइएको छ कुल १६ समुह हुने र प्रत्येक समुहमा तीन टिम हुने जानकारी दिइएको छ । यस बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रतियोगितामा कुल ८० खेल हुने र फाइनल सम्म खेल्ने तिम्ले कुल ७ खेल खेल्नु पर्ने बताइएको छ । यस अघि ३२ देशले खेल्दा कुल ६४ खेल खेलिने विश्वकपमा ४८ देशले खेल्दा ८० खेल खेलिए पनि फाइनल सम्म खेल्ने टिमले यस अघिकै ७ खेल मात्र खेल्नु पर्ने जनाइएको छ ।