मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न अपील


बिश्वबन्धु भण्डारी
जापान
दुई वटै मृगौला फ़ेल भएर ललितपुर स्थित निदान हस्पिटलमा उपचारत धादिगं आगिचोक ५ का २८ बर्षिय कृष्ण शाहि ठकुरिको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिनुहुन् धादिगं समाज जापानले जापानवासी नेपालीहरुलाई अपील गरेको छ ।

एनआरएन जापान, राजनितीक तथा ग़ैरराजनीतिक संघ संस्था,व्यापारी तथा बिद्यार्थीहरुलाई सक्दो सहयोगका लागि धादिगं समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव दिनेश लोहनीले सम्पुर्ण जापानवासीलाई सहयोगकालागि आग्रह गर्नुभएको हो ।

सहयोग गर्न चाहानुहुने महानुभावहरुले धादिगं समाज जापानको जे पी वैकंको खाता नम्वर 1006049949891 मा जम्मा गरिदिनुहुन आग्रह गरिएको छ । यो अभियान डिसेम्वर २८ देखि जनवरी ५ सम्म चलाईएको अभियन्ता राम सिम्खडाले जानकारी गराउनु भएको छ |

,