डा. केसीको तीन हप्ते अल्टिमेटम, फेरी अनसन बस्ने चेतावनी

काठमाडौं, २४ पुस। त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।

 त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरित विद्यार्थी भर्ना र शुल्कसम्वन्धी अधिकार आईओएम फ्याकल्टी बोर्डबाट खोसेकोमा उनले आपत्ति समेत जनाएका छन् । डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सिनेटको निर्णय उल्टाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्न र मंसिर १९ मा भएको सम्झौताम कार्यान्वयन गर्न माग गरेका छन् ।

साथै काडमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजुलाई नल्याउन र वरिष्ठता, कार्यक्षमता र स्वच्छताका आधारमा पदाधिकारी चयन गर्न पनि भनेका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐन समेत माथेमा आयोगको प्रतिवेदनको मर्म अनुकुल पारित गर्न स्मरण गराउँदै डा. केसीले भनेका छन्,तीन हप्तामा ती कामहरु भएनन् भने राजनीतिक नेतृत्वको बेइमानी, गैर–जिम्मेवारीपन, संवेदनविहीनता र आपराधिक मानसिकता विरुद्ध सत्याग्रहसहित विरोधका कार्यक्रमहरु घोषणा गर्न हामी बाध्य हुनेछौं ।’