लुट-२ को ट्रेलर भयो भाइरल [भिडियो सहित]

काठमाडौँ , पुस २३ - हिजोदेखि प्रर्दशनमा आएको लुट २ को ट्रेलर युटुबमा भाईरल बनेको छ । ३ मिनेट १३ सेकेण्डको ट्रेलर सार्वजनिक भएको हो । यो भिडियोलाई सामाजिक सञ्जाल युटुबमा २४ घण्टामै तीन लाखले हेरेका छन् ।

युटुबमा भिडियो हेरिसकेपछि दिईएको प्रतिक्रियामा पुरै फिल्म हेर्न आतुर भएको लेखिएको छ । यसअघि लुट २ कै गीत ठमेल बजार बाहिरिएको थियो । उक्त गीतलाई युत्युबमा झण्डै ५८ लाखले हेरिसकेका छन् । फिल्ममा सौगात मल्ल, दयाहंग राई, ऋचा शर्मा, कर्मा, बिपिन कार्की, कामेश्वर चौरसिया, सिर्जना सुब्बा र एलिसा राई लगायतले अभिनय गरेको लुट-२ लाई निश्चल बस्नेतले निर्देशन गरेका छन् भने फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन्