तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

सर्लाही, पुष १९-सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर स्वयं पनि आत्महत्या गरेकी छन्।

चरम गरिबीका कारण परिवार धान्न समस्या भएका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ भने दुई छोरीको अवस्था गम्भीर छ।

आइतबार साँझ पिपरिया–३ की ३० वर्षीया गुन्द्र देवीले छोरीहरू १३ वर्षीया पूजा कुमारी, १० वर्षीया चन्दा कुमारी, ३ वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

विष सेवनबाट आमा र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।