विद्युत क्षेत्रमा नयाँ प्रगतिः खिम्ति-ढल्केबर प्रसारण लाइन सुरु

 काठमाडाैं, ४ माघ।  खिम्ति ढल्केवर २२० केभी प्रसारण लाइर्नको सोमबारबाट पहिलो सर्किट परिक्षण प्रसारण सुरु भएको छ । ढल्केवरमा २२० केभीको सव स्टेसन नभएको र अहिले परिक्षणको रुपमा १३२ केभीवाट सुरु गरिएको छ । विद्युत प्रसारण लाईनको निर्माणमा स्थानीयवासिले मुअब्जा नपाएको भन्दै विरोध गर्दा लामो समय सम्म निमार्ण कार्य अलपत्र परेको थियो ।

झण्डै सात महिना अघि देखी आयोजनाको निमार्ण कार्यका लागी प्रहरी परिचालन गरेर निमार्ण कार्यलाई तिव्रता दिएपछि आयोजनाको निमार्ण कार्य सम्पन्न भएको हो । नेपालको विद्युत प्रशारण प्रणालीको क्षमता अभिवृद्वि गर्नका लागि १६ वर्षअघि रामेछाप र दोलखा जिल्लाको सीमामा पर्ने खिम्ती देखि धनुषाको ढल्केबरसम्म २२० केभी क्षमताको प्रशारण लाईन निर्माण गर्न विश्व बैंकले ११ मिलियन डलर नेपाल सरकारलाई ऋण उपलब्ध गराएको थियो ।

दोलखा, रामेछाप र सिन्धुली हुँदै धनुषाको ढल्केबरसम्म ७५ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गर्न भारतको कल्पतरु पावर कम्पनी र नेपाल विद्युत प्राधीकरणबीच सन् २००६ मा ठेक्का सम्झौता भएको थियो । यसैबीच नवनिर्मित विद्युत आयोजनाका टावरहरु नछुन, टाबरमा नचड्न, कुनै पनि वस्तुले तार नछुन, खतरा लेखिएका ठाउँहरुमा नजान र वालवालीकालाई पनि टावर वरीपरि जान नदिन स्थानीय सर्वसाधारणलाई आयोजना तथा नेपाल विद्युत प्राधिकरण सिन्धुलीले आग्रह गरेको छ ।