ओबामाको विदाई सम्बोधनः अमेरिका बलियो र थप एकीकृत

एजेन्सी, पुस २७-अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताउनुभएको छ । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताए ।

 पहिले विभाजित अवस्थमा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ । सिकागोमा भएको कार्यक्रममा उनले भने ‘हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।’सन् २००८ मा पहिलो पटक निर्वाचित हुनुभएका ओबामामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुनुहुन्छ ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्नु हुनेछ ।
सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ । अमेरिकी प्रजातन्त्रले भाव बिना काम नगर्ने भएकाले त्यसलाई ख्याल गर्न उहाँले ट्रम्पसँग आग्रह गरे ।