महाभारतमाथि फिल्म बनाउँदै ‘बाहुबली’का निर्देशक राजामौली

एजेन्सी,पुस २६ - साउथ इण्डियन फिल्म बाहुबलीका कारण थुप्रै चर्चा बटुलेका निर्देशक एस एस राजामौली हाल सो फिल्मको अन्तिम श्रृखंलाको पोस्टप्रोडक्सनमा व्यस्त छन् । यस वर्ष दर्शकको सर्वा्धिक पर्खाइको फिल्म बनेको बाहुबली फिल्म निर्देशकले यस फिल्मपश्चात अर्को ड्रिम प्रोजेक्टको योजना बनाइरहेको खुलासा गरेका छन् ।

अहिलेसम्म बनाएका १० फिल्ममा १० फिल्म नै हिट दिएका राजामौलीले महाभारतमाथी फिल्म बनाउनलागेको  । ठूलो तहमा निर्माण गरिने फिल्मका लागि उनले बलिउड तथा दक्षिण भारतिय फिल्म स्टारलाई अभिनय गराउने योजना बनाइरहेका छन् ।फिल्म ३ भाग लामो हुने अनुमान गरिएको छ । उनको नयाँ फिल्म ४ देखी ५ वर्षको अवधिमा निर्माण हुनेछ ।