आबुधाबीमा मह यात्रा हुने

श्रीकृष्ण भट्टराई
दुबई जनवरी ३ /

नयाँ वर्ष २०१७ को अवसर पारेर युएईको आबुधाबीमा जनुअरी ६ तारीखका दिन मह यात्रा हुने भएको छ |

पहिलो पटक हुन लागेको मह यात्रामा मह जोड़ी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) का साथमा कलाकार मोहित आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ,  पुर्णिमा लामाको प्रस्तुती रहने छ ।

पछिल्लो समय मा चर्चा मा रहेका सुर्के थैली खै', 'पुर्व पश्चिम रेल' गीत का गायक  तथा सिर्जनाकार राजनराज सिवाकोटीका
साथमा रुन्चे गायक प्रकाश पौडेलको समेत पस्तुति रहनेछ | चर्चित संचारकर्मी नरेश भट्टराई पनि मह यात्रामा सहभागी हुनेछन |

काइट इन्टरटेन्टमेन्ट र ग्रिनलाइन ट्राभल्सको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रम “आबुधाबी नेशनल थिएटर’मा शुक्रबार दिउसको ३ बजे देखि सञ्चालन हुनेछ | कार्यक्रमबाट मुनाफा भएको रकम सामाजिक कार्यमा खर्चने भएकोले कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्न आयोजकले युएई स्थित सम्पूर्ण संघसंस्था, समाजसेवी, पत्रकार, व्यवसायी, बुद्धिजीवी तथा युएईबासी नेपालीलाई  आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ, युएईको समेत सहकार्य रहेको यो कार्यक्रम युएईको टुरिजम बोर्डबाट अनुमती लिएर गर्न लागिएको हो ।