म्याग्दी समाज अमेरिकाको अध्यक्षमा अमर छन्त्याल


म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशनले समाजसेवी अमर छन्त्यालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ | 

हालै सम्पन्न अधिबेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्र थापा क्षेत्री, उपाध्यक्षमा खमान छन्त्याल, महासचिबमा निलम पुन, सचिबमा मन्जु पुन, कोषाध्यक्षमा बेक पुर्जा, सह कोषाध्यक्षमा जेबि पुन, संचार निर्देशकमा सुरेन्द्र भण्डारीलाई निर्बिरोध निर्वाचित गरेको हो |

सदस्यता निर्देशकमा खगेन्द्र छन्त्याल र अन्य सदस्यहरुमा अमृत रामदान, भबिश्वर पुन, मन बहादुर रोका, किशोर के.सी, अन्जु थापा र दीपा पुन कार्की निर्बिरोध निर्वाचित हुनुभएको हो।

समाजसेवी कृष घिमिरे संयोजक रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो | समितिमा डा. चक्र बुढाथोकी र  प्रशान्त श्रेष्ठ रहनुभएको थियो |
निर्वाचन प्रक्रियाभन्दा अगाडीको अधिबेशन समारोहको बाणिज्य दुत प्रेमराजा महतले उदघाटन गर्नु भएको थियो | कार्यक्रममा एन आर एन अमेरिकाका उपाध्यक्ष रविना थापा, म्याग्दी समाजका पुर्ब अध्यक्ष पारस श्रेष्ठ लगायतका महानुभावले बोल्नु भएको थियो | कार्यक्रममा महासचिव ईन्द्र थापा क्षेत्रीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष आशा पुनले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो |

अधिबेशन उदघाटन सत्रको सभापतित्व समाजका अध्यक्ष रामप्रकाश भण्डारीले गर्नु भएको थियो |

म्याग्दी समाज अमेरिकालाई बिशेष सहयोग गरेकोमा चर्चित गायिका सिर्जना बिरही थापालाई मानार्थ सदस्यता प्रदान गरिएको थियो |

अधिबेशन सकिएपछि पन्चे बाजासहित नाच गान गरिएको थियो | कार्यक्रमको झलक फोटोहरु प्रस्तुत छ:

तस्बिरहरु: निलम गर्बुजा 'चिमखोले ठिटो' र इनेप्लिज डटकम








































, , ,