संघीय गठबन्धनको नया निर्णय

काठमाडौं, २० पुस । मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले संविधान संशोधनका विषयमा देखिएको अन्योल सर्वोच्च अदालतको आदेशपछि स्पष्ट भएको निष्कर्ष निकालेको छ। बुधबार संघीय समाजवादाी फोरम नेपालको केन्द्रिय कार्यालय कोटेश्वरमा बसेको गठबन्धनकोे बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै अदालतको फैसलालाई स्वागत गरेको हो।

 त्यस्तै उसले सरकारले प्रस्ताव परिमार्जनसहित अगाडि बढाए समर्थन गर्ने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा गठबन्धनका संयोजक उपेन्द्र यादवले सर्वोच्चको फैसलालाई दलहरुले आफू अनुकुल व्याख्या गरेको भन्दै फैसलाले संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खोलेको निष्कर्ष आजको बैठकले निकालेको जानकारी दिए।

 त्यस्तै आजको बैठकले सरकारले प्रस्ताव परिमार्जनसहित अगाडि बढाएमात्र समर्थन गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारले मुआब्जा नदिए सडक विस्तारका नाममा जनताको घर भत्काएको भन्दै पहिला क्षतिपूर्ति र त्यसपछि बाटो विस्तार गर्न सरकारसँग माग गरेको छ। बैठकले सडक विस्तार संघर्ष समितिले गरेको उपत्यका बन्दप्रति ऐकेबद्धता जनाएको छ।