ट्रम्पको नयाँ विधेयकले भारतीय आईटी बजारमा हलचल

तस्बिर:एजेन्सी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार त्यहाँको तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभमा एच– वनबी भिसाको प्रावधान परिवर्तन गर्ने एक विधेयक पेस गरेको दि टाइम्स अफ इन्डियाले जनाएको छ ।

संसदमा पेश गरिएको सो विधेयकमा सो भिसा प्राप्त गर्न १ लाख ३० हजार डलर बार्षिक तलब हुनुपर्ने प्रावधान राखिएको बताइएको छ ।
अहिले ६० हजार डलर मात्र वार्षिक तलब हुनेले पाउने ब्यवस्था छ ।

ट्रम्प प्रशासनले यस्तो विधेयक संसदमा पेस गरेपछि भारतमा ठूलो हलचल पैदा भएको छ । यस्तो प्रावधानले भारतका आईटी प्रोफेसनल्सहरु प्रभावित हुने बताइएको छ ।
समाचारअनुसार यस भिसाका लागि आवेदन गर्नेहरुमा दुईतिहाइ भारतका आईटी प्रोफेसनल्सहरु हुने गरेका थिए ।
नयाँ प्रावधानका अनुसार अब अमेरिकी कम्पनीहरुले एच– वनबी भिसामा कामदार भित्र्याउन अब वार्षिक १ लाख ३० हजार डलर खर्चनुपर्ने हुन्छ । तर यसको सट्टा अमेरिकी कम्पनीहरुले लोकल कामदार नै खोज्ने विश्वास गरिएको छ ।

यसले कसरी काम गर्छ ?
यदि कुनै अमेरिकी कम्पनीलाई कुनै सफ्टवेयर इन्जिनियर चाहिएमा भारतको  कम्पनीसँग सम्पर्क गर्छ जोसँग सो मान्छे उपलब्ध छ । अब सो कम्पनीले आवश्यकताअनुसार त्यस्तो मानिसलाई एच– वन बी भिसामा अमेरिका पठाउँछ र जसबापत कम्पनीले एक मान्छे बराबर ६० हजार डलर प्राप्त गर्छ ।

तर अब अमेरिकी कम्पनीहरुले न्युनतम १ लाख ३० हजार डलर तिर्नुपर्ने हुन्छ । तर यो महंगो भएकाले अब स्थानीयले प्राथमिकता पाउनेछन् भने भारतीय आईटी प्रोफेसनल्सहरुको माग घट्छ । यो निर्णयसँगै भारतीय आईटी कम्पनीहरुको सेयर बजार घटेको छ ।

,