दिपेन्द्रकी प्रेमिका देवयानी राजनीतिमा



नेपाली राज परम्परा समाप्त गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने स्वर्गीय युवराज दिपेन्द्र वीर विक्रम शाहकी प्रेमिका भनेर बहुप्रचारित तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देवयानी राणाले राजनीतिमा प्रवेश गरेकी छिन् ।

देवयानी राणाको राजनीतिमा प्रवेश गरेको समाचारलाई नयाँ पत्रिकाले प्रथम पृष्ठमा प्रकाशित गरेको छ । पर्शुराम काफ्लेले संप्रेषण गरेको उक्त समाचारका अनुसार दोलखा जिल्लाको शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानी राणालाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ ।

विक्रम संवत् २०५८ साल जेठ १९ गते तत्कालिन नारायणहिटी राजदरबारमा भएको गोली काण्डमा बुवा राजा वीरेन्द्र, आमा ऐश्वर्य, बहिनी श्रुती, भाई निराजन तथा फुपुहरू सहित १० व्यक्ति मारिएका थिए ।

युवराज दिपेन्द्रलाई उक्त सामूहिक हत्याको जिम्मेवार बनाईएको तथा उनले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेको भनेर प्रचातिर पनि गरिएको थियो । यो गोलीकाण्ड हुनुमा युवराज दिपेन्द्रको देवयानी राणासँगको प्रेम सम्बन्धलाई प्रमुख कारण भनेर समेत बताईएको छ ।
यो प्रेम सम्बन्धलाई रानी ऐश्वर्यले नमानेको र राजाले पनि साथ नदिएकाले युवराजले आफै राजा बन्न सो घट्ना गराएको तर अन्त्यमा आफैले आत्महत्या गरेको भन्ने समाचार जनतामाझ तत्कालिन सरकारले गरेको खोजबिन आयोगले पेश गरेको थियो ।

नयाँ पत्रिकाका अनुसार देवयानी राणाले २०६३ साल फागुन १० गते भारतका ऐश्वर्या सिंह नामका एक राजपुत सँग विवाह गरेकी थिईन । सो पत्रिकाका अनुसार देवयानीको वैवाहिक सम्बन्ध राम्रो छैन ।

,