बानाले 'सामुदायिक भवन' निर्माणका लागि पहल शुरु गर्ने


मेरिल्याण्डको पुरानो र साझा संस्था बानाले 'सामुदायिक भवन' निर्माणका लागि पहल शुरु गर्ने भएको छ | बानाको आज सम्पन्न कार्य समिति बैठकले यो निर्णय गरेको हो |

समितिको बैठकले सामुदायिक भवन निर्माणका लागि बिगतमा बानाप्रेमीहरुले कबोल गर्नु भएको रकम संकलन गर्नका लागि अध्यक्ष कुलमणि आचार्य, बरिष्ठ उपाध्यक्ष अनु वन्त, उपाध्यक्ष सतिश चापागाईं र महासचिव देवब्रत शर्मालाइ कार्य अगाडी बढाउन जिम्मेवारी दिएको छ |

आज कै बैठकमा कार्य समिति का पदाधिकारीहरुले आ-आफ्नो तर्फ़बाट बिगतमा गरिएको कबोलमा थप आर्थिक सहयोगको घोषणा गर्नु भएको थियो |

साथै, सम्पूर्ण कार्य समितिले अभियानका रुपमा आर्थिक संकलन कार्यलाई तिब्रता दिने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो |

आजको बैठकमा अध्यक्ष आचार्यले जग्गा खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनु भएको थियो |

बानाको ११-१३ कार्य समितिले मेरिल्याण्डमा एउटा सामुदायिक भवन निर्माणका लागि महायज्ञ गरेको थियो | महायज्ञमा कबोल गरिएको धेरै रकम उठेको छैन | "अब तिन दिन भित्रमा उक्त रकमको छिनोफानो गरेर सार्बजनिक गर्ने छौं |" महासचिव देवब्रत शर्माले भन्नुभयो |

,