संशोधन प्रस्ताव अघि बढाएको भन्दै एमालेको आपत्ति

काठमाडौं, पुस २४ – अवरोधका बिच पनि सभापति ओनसरी घर्तीले संशोधन प्रस्ताव अघि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । बैठकपछि एमालेका उपाध्यक्ष बामदेव गौतमले अवरोधका बिच पनि संसद बैठक अघि बढाउन गैरसंसदीय र अप्रजातान्त्रिक काम भएको टिप्पणी गरे
 ।
मुख्य प्रतिपक्षीको अवरोधका बिच विश्वका कुनै पनि देशमा संसदमा काम कारबाही अघि नबढेको भन्दै आफूहरुको असहमति जारी रहने गौतमले बताए । यस्तै, नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले अहिलेको आवश्यकता अनुसार संसद अघि बढेको भन्दै यसले दलहरुलाई असजिलो नहुने दाबी गरे । संसद सुरु हुँदा संविधान कार्यान्वयनका लागि राजनीतिक बाटो खुलेको पनि उहाँले बताए ।