कपिलकी अनस्क्रिन श्रीमती बोल्ड अवतारमा


भारतका हास्यअभिनेता कपिल शर्माको पहिलो फिल्म ‘किस किसको प्यार करुँ’मा उनकी श्रीमती जूहीको भूमिका निभाउने मन्जरी फडनिस अहिले आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

मन्जरीले हालै इन्ट्राग्राममा वीच भ्याकेसनका थुप्रै तस्बिरहरु पोष्ट गरिन् । विकिनी लगाएको तस्बिरमा उनी निकै हट देखिएकी छिन् ।


२००४ बाट ‘रोक सको तो रोक लो’ फिल्मबाट बलिउडमा पाइला राखेकी मन्जरीले ‘जाने तु या जाने ना’ बाट निकै चर्चा पाइन् । सो फिल्मबाट उनले बेस्ट डेब्यू एक्ट्रेसको अवार्ड पनि जितेकी थिइन् । – एजेन्सी