उपेन्द्र र महन्थबीच विवाद

काठमाडौं, ३ माघ। संसदमा संविधान संशोधन विद्येयक टेबुल गराएपछि मधेशी मोर्चाभित्रै यसलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ। सरकारले मोर्चाको माँग पूरा गराउनकै लागि संशोधन विद्येयक टेबुल गराएको दाती गर्दै आएपनि मोर्चाले यथास्थितिमा यसले आफूहरुको माग सम्बोधन नगर्ने अडान लिएको थियो। तर संशोधन विद्येयक पारित भए मोर्चालेपनि चुनावमा भाग लिने सत्तारुढ दल काँग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन्।

 तर मोर्चाका शीर्ष नेताहरुवीच नै तिव्र विवाद देखिएको छ। संशोधन विद्येयक पारित नभएसम्म कुनै हालतमापनि मोर्चाले चुनावमा भाग लिन नहुने अडान मोर्चाका नेता तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले लिँदै आएका छन्। तर मोर्चाकै अर्का शीर्ष नेता महन्थ ठाकुरले भने चुनावको नोमिनेशनको नाम बाहिर नआउन्जेलसम्मपनि संशोधन विद्ययेक पारित नभएमात्रै विरोध गर्नुपर्ने अहिले नै विरोध गर्नुको कुनै अर्थ नहुने जिकिर गरेका छन्।

 मोर्चाका अन्य नेताहरु अनिल झा, राजेन्द्र महतो, राजकिशोर यादव लगायतका नेताहरु संशोधन विद्येयक र निर्वाचनलाई सँगसँगै लगिएपनि कुनै आपत्ति नहुने पक्षमा छन्। तर मोर्चाका अधिकांश नेताहरुले अहिले स्थानीय तह वा निकायको भन्दापनि केन्द्र वा प्रदेशको निर्वाचन गर्नुपर्ने माग गर्दै आएका छन्।