जापानमा बढ्यो आत्महत्याको रेट, अध्ययन गर्न एनआरएनएले कमिटि बनायो


बिश्वबन्धु भण्डारी
टोकियो, जापान

पछिल्लो समय जापानमा नेपालीको जनसंख्या बृद्घिसंगै बढ्दो आत्महत्या वारे अध्ययन गर्न डा. विजय ज्ञवालीको संयोजनमा सुझाव कमिटी गठन गरेको छ ।

जापानमा बिभिन्न चुनौतिहरु पनि दिन प्रति दिन बढ्दै गहिरहेको अवस्थामा जुन जापानवासी सबैमा अवगतसंगै चिन्ताको बिषय बन्दै गएको छ ।

जापानमा बढ्दो आत्महत्या र आकास्मिक् मृत्युको सम्बन्धमा एनआरएनए जापान लगायत जापानवासी नेपाली गंभीर भएका भन्दै यस बिषयमा आवस्यक अध्ययन गर्नु पर्ने महसुस गर्दै नियन्त्रणका बिधिहरु अपनाउनु पर्ने देखिएकोले तपसिल बमोजिम ६ सदस्यीय “आत्महत्या एबम आकास्मिक् मृत्यु बिषयक अध्ययन तथा सुझाव कमिटि “गठन गरिएको ग़ैर आवासीय नेपाली संघ जापानका सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

डा.ज्ञवालीको संयोजकमा सदस्य टासि वाङदी लामा, सदस्य-बुद्घि राज घिमिरे, सदस्य-जनक बिक्रम शाहि, सदस्य- डा .प्रकाश शाक्य , सदस्य आनन्द कोइराला रहेका छन ।

त्यस्तै सल्लाहकार नेपाली दुतावास टोकियो कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल , एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएनए जापान अध्यक्ष सुदन थापा र एनआरएनए जापान सल्लाहकार जिज्ञान कुमार थापा रहेको जानकारी गराएको छ ।
सो कमिटिले आजको मितिले ३० दिन भित्र प्रतिवेदन पेश गर्न अनुरोध गरिको एनआरएनए जापानका अध्यक्ष सुदन थापाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

, ,