"फष्ट हिमालय गोल्डकप २०१७ " को तयारी तीव्र , सहभागी टीमको छनोट सकियो


जापान ( टोकियो )

हाइजिमा युथ क्लबले आयोजना गरेको "फष्ट हिमालय गोल्डकप २०१७ " को तयारी तीव्र बनेको छ । फ़ेब्रूअरी २६ मा हुने प्रतियोगीतामा २० टीम मात्र सहभागी गराउने र २० टीमको छनोट प्रक्रिया सकिएको प्रतियोगिता संयोजक यूबी अधिकारीले  जानकारी दिएका छन ।

 'फुटबल फर युनिटी' भन्ने नाराका साथ टोकियोको निसिहाचीयोजिमा सम्पन्न हुने प्रतियोगीतामा प्रथम हुने टीमले २ लाख २२ हज़ार २ सय २२ यन पाउने छ त्यस्तै दोस्रो हुने टीमले १ लाख ११ हज़ार १ सय ११ जापानी यन पाउने छ ।

त्यस्तै उत्कृष्ट खेलाडी , धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट गोलकिप्परलाई पनि पुरस्कृत  गर्ने क्लवका अध्यक्ष अखिल लामाले जानकारी दिए ।

 प्रतियोगितामा प्रवेश शुल्क भने ३० हज़ार जापानी यन राखिएको  थियो । यस खेलको मीडिया संयोजन भने रिपोर्टर्स क्लव नेपाल , जापानले गरीरहेको छ ।

क्लवले स्थापनाकालदेखि नै फुटबलका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । खेलकुद तथा सामाजीक काममा  क्लवले राम्रो छबी बनाइरहेको छ।

,