पाल्पाली कुमार कान्छा घायल क्षेत्री चर्चामा!


दर्जनौ गीतका सर्जक कुमार कान्छा घायल क्षेत्री यति बेला चर्चाको शिखरमा रहेका छन् ।एक पछि अर्को सिर्जना पस्केर दर्शक स्रोताको मनमुटुमा बास बसिसकेका ।गायक मोडल गीतकार क्षेत्री यति बेला फोन गर है सानु लिएर बजारमा आएका छन् ।

खाडी मुलुक कुवेतमा छायाङ्कन भएको लोक दोहोरी यल्बम "फोन गर है सानु " परदेशी र घरदेशी मायालु जोडीहरूको आत्मकहानी बोलेको छ ।

कुमार कान्छा घायल क्षेत्री को शब्द बरिष्ठ कलाकार ईन्द्र जि.सी र टिका पुन को आवाज रहेको यस यल्बममा लय एरेन्जर ईन्द्र जि.सी को रहेको छ ।

बरिष्ठ निर्देशक गणेश रावत "डेनिस" को निर्देशनमा बनेको फोन गर है सानु रावत ले नै खिच्नु भएको हो।। यस म्यूजिक भिडियोमा नयाँ अनुहार जून सुरज र सम्झना बिसुन्खे को ज्वलन्त अभिनय रहेको छ ।

अहिलेको लोक प्रिय म्यूजिक कम्पनी टि-टाईम म्यूजिक प्रा.लि बाट बजारमा आएको फोन गर है सानु लाई हामी द नेपाल टू डे परिवार बधाई र सफलताको शुभकामना दिन चाहन्छौं।

,