पोवि प्रगतिशिल प्राध्यापक संगठनमा पन्त सर्वसम्मत


पोखरा विश्वविद्यालय प्रगतिशिल प्राध्यापक संगठनको तेस्रो केन्द्रीय अधिवेशनले शनिबार ढाकाराज पन्तको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

नव गठित कमिटिको सचिवमा प्रकाश गौतम र कोषाध्यक्षमा दिपेश रानाभाट निर्वाचित भएको संगठनका केन्द्रीय सदस्य राममणी अधिकारीले जानकारी दिए । कमिटीमा पछि दुई सदस्यहरु मनोनित गर्ने गरी रामजी अधिकारी र हेमराज पाण्डेलाई सदस्य सर्वसम्मत चयन भएका छन्  ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष शेखरनाथ अधिकारीले पोखरा विश्वविद्यालयमा रहेका शैक्षिक विसंगतिलाई नामेट पार्नमा संगठनले भूमिका खेलेको बताए । अधिकारीकै संयोजकत्वमा बनेको निर्वाचन कमिटीमा श्रीकान्त खतिवडा, गिरिधारी दाहाल, ज्ञानेश्वर शर्मा र लालबहादुर कुँवर सदस्य रहेका थिए ।

अधिवेशन संगठनका निवर्तमान अध्यक्ष बुद्धिराज जोशीको सभाध्यक्षता तथा निवर्तमान सचिव ढाकाराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।