समय परिस्थिति र अबस्था हेरेर परिबर्तन हुन् सक्नु पर्छ


ईन्दुराज रेग्मी 
हरेक कुरामा खम्बा गाडेर बस्नको लागि टेली सिरियल हर्के हबल्दार को खम्बे त हामि पक्कै पनि हुन् सकिदैन | समाजमा परिबर्तन चाहने हो भने कामका पछाडी लागौं कुराका पछाडी होइन भन्ने मनशायले मैले यो लेख लेख्दै छु | प्रसङ्ग मेरिल्याण्डमा बन्दै गरेको मन्दिर र सामुदायिक भवनको हो |

अन्तिम अन्तिममा बन्दै गरेको स्वस्फ़ुर्त वा निस्वार्थ भोलेन्टियरहरुको समिकरण वास्तबमा बिगतदेखि आजसम्म हरेक समय हाम्रो समाजलाइ माया वा सेवा गरेकाहरु बीच भयको महसुश गरियको अबस्था छ |

कुर्ची त् केवल नेतागिरीको लागि हो , काम वा सेवा उसले गर्छ जसको मनमा मानबियता र सोचमा सामाजिकता लियको हुन्छ |

चुनाब बाहेक अरु कुनै पनि योजना वा कार्यमा पद को भागबन्डा मात्र अनिश्चित यात्राको तयारी हो जसले न गन्तब्य पहिलाउछ न ति योजना सपना, वा कार्यहरु पुरा गर्छ | त्यसैले मन्दिर निर्माणको महान कार्यमा एकजुट नेपाली दाजुभाई दिदीबहिनी हेर्दा यस्तो लाग्दछ की काम र कुराका बीचमा कति ठुलो भिन्नता छ | पदको कुनै बिभाजन बिना त्यहाँ सक्रिय स्वयंसेवकको निस्वार्थ कामले मन्दिर निर्माणको पबित्र यात्रा सहज रुपमा अगाडी बढेको सबैले अनुभव गरेका छन् | म पनि त्यसको प्रशंसक भएको छु |

जुँगाको लडाइमा सानो एरिया वा संख्या भएको हाम्रो समाजमा धेरै नामका सामाजिक संघ संस्था खोल्यौ तर परिणाम मात्र सुन्य डिग्रीको अनुपातमा भयको छ | जुन हाम्रो बिगत वा बर्तमान यहि रुपमा छ, सोचौ अब भबिस्य कस्तो होला ?

अब बिकल्प भनेको बिना पद बिना जुँगाको लडाई,  सोस्फ़ुर्त  जसले जुन क्षेत्रमा आफ्नो क्षमता दिन सक्छ उसलाई तेही काम को जिम्मा दियर वा लियर  भोलेन्टियरको तबरबाट कुनै एक उद्देश्यको लागि सबै एक ठाउमा आउनु  नै अबको बिकल्प वा आबस्यकता हो !


फरक के पर्दो रहेछ हाम्रो बर्तमानलाइ हेर्दा कुरा प्रस्ट देख्न सकिन्छ !

मैले बाना लगायत अरु संघ संस्थालाइ निचो वा सोस्फ़ुर्त  भोलेन्टियर मन्दिर टिमलाइ  उचो देखाउन
वा सोस्फ़ुर्त भोलेन्टियर मन्दिर टिमलाइ निचो वा बाना लगायत अरु संघ संस्थाहरु लाइ उचो देखाउन खोजेको होइन मात्र तरिका बदल्न सक्यो भने के हुदो रहेछ वा रहेनछ भन्न खोजेको हो !

जस्तै यो दुइ महिनामा सोस्फ़ुर्त  भोलेन्टियरको नामबाट मन्दिर निर्माणको लागि गरियको बिना पदिय भोलेन्टियर  सेवाले गरेको प्रगति हाम्रो सामु छ ! जुन रुपमा भयको छ त्यो नितान्त गर्ब गर्न लायक छ ! क्षमता अनुसारको काम गर्दा पद नै चाहिदो रहेनछ
काम हुदो रहेछ नि ! जुन प्रमाणित भयको छ |

तेस्तै सबैको समान उपस्थितिमा भबन निर्माण भन्दै यो दुइ महिनामा बानाले सबै समाज संघ संस्थालाइ गरेको आब्हान आजसम्म मिटिंग , समिति उपसमिति गर्दैमा दिन गयको हाम्रो वास्तविक बर्तमान हो | के हाम्रो यो बर्तमान ले भबिस्यको यात्रा सहज रुपमा तय गर्ला त ?

टुटे फुटेका जुँगाको लडाई गर्दै गरेका हामिहरु कुनै एक मुद्धामा एक ठाउमा आउनु  राम्रो कुराको सुरुवात हो ! बाना यो कार्यमा सफल भयको छ | किनकि बाना कै पहलमा अहिले सबै संघसंस्थाहरु एक ठाउँमा बसेर छलफल गर्ने बाताबरण बनेको छ | तर लामो समय सम्म परिणाम भन्दा पनि उही मिटिंग अनि आफ्नो आफ्नो उचाईको जोड घटाउ गर्न नछोड्नुले भबिस्य अन्धकार छ | नेतृत्वले समय मै बुझ्नु आवश्यक छ |

आखिर हामिले गर्न खोजेको यो समाजको आबस्यकता मन्दिर सहितको सभाहल हो यस्तो सामाजिक कार्यमा किन चाहियो पदिय भाग बन्डा वा स्तरको मापदण्ड बनाउनु जरुरि छैन किन कि यो कुनै राजनीतिक पार्टी त् होइन नि जहाँ पद बिना अरु कुनै बिकल्प छैन |
वास्तविकता म धेरै पैशा हाल्न सक्दिन तर म संग मन्दिर सहितको सभाहल निर्माणको लागि सहयोग वा सेवा गर्ने धेरै कुराको भकारी छ | हुन् सक्छ  तपाई हामीले गर्दै वा भन्दै गरेको पदिय हसियत वा स्तर मापनले म वा म जस्ता निस्वार्थ बिना पद काम गर्ने हरुलाई समेट्न होइन झन् टाढा धकेल्न सहयोग गर्छ |

पछिल्ला दिनमा सोस्फ़ुर्त  मन्दिर भोलेन्टियर  टिम सहित अरु थप सोस्फ़ुर्त  साथीहरुको बहश सुरु भयको छ |
बिना पद , बिना जुँगाको लडाई , बिना कुनै समिति, बिना कुनै उपसमिति  मन्दिर सहितको सभाहल निर्माण अभियानमा लागौ |
यस अभियानलाई मुर्त रुप दिन सबै इच्छुक  बेक्ती जसको जुन विधामा ज्ञान वा सिप छ तेही आधारमा सक्दो सहयोग वा सेवा गरौ !
यो बहश वास्तबमा अहिलेको माग हो जुन सम्भब भयको छ हुने छ |

निश्चित गन्तब्य वा हाम्रो उद्स्य्  मन्दिर सहितको सभाहल निर्माण हो यसमा कुनै संका छैन | यसको मुख्य नीति नियम भनेको राजनीति होइन किन कि यो भित्र यसलाई माया गर्ने र नियम अनुसार निश्चित सहयोग गर्ने दानबिर हरुको आधारमा ट्रस्टी गठन भयर संचालन हुन्छ |

गन्तब्यमा पुग्नु भन्दा पहिला सोस्फ़ुर्त भोलेन्टियर  र गन्तब्यमा पुगेपछि नीति नियम अनुसार संचालन गरिने गरि हाम्रो समाजका हरेक बेक्तीले आफुले सक्दो सहयोग वा समर्थन गर्दै जाउँ |

कामभन्दा पहिला , सुरुवातभन्दा पहिला पदिय भागबन्डा स्विकर्य् छैन , त्यो रास्ता हामीले बिगतमा देखि सकेऊ अब त्यो बाटो दोहोराउने वा बिगतको गल्ति लाइ साथ लियर अब कुनै यात्रा हुन् सक्दैन |
बिगतका ति तिता पललाइ मेटाउदै  नया योजनाका साथ मन्दिर सहितको सभाहल निर्माण मा सोस्फ़ुर्त  भोलेन्टियर गर्दै एकता पूर्ण समाज निर्माण सहित हाम्रो गन्तब्यलाइ सूनिस्चित गर्न लागि परौ |

यो दुइ महिनामा म स्वयम यता र उताका कुरा सुन्दा हेर्दा र भोग्दा महिले बुझेको अनि अबका दिनमा मेरो यात्रा म आफै पदिय कपडा खोलेर बाहिर आयको अबस्था हो |
म वास्तविक रुपमा धार्मिक आस्तिक होइन पारिवारिक रुपमा वा सामाजिक रुपमा आस्थाका धरोहरलाइ सम्मान गर्छु  | मन्दिर सहितको सभाहल र सभाहल भित्र गरिने हरेक अबसरलाइ साथ दिन बिना पद , बिना नाम निस्वार्थ  भोलेन्टियर  अभियानमा लागेको छु | यस अभियानमा साथ सहयोग र आफ्नो ठाउबाट लागि दिनु हुन् सबै मेरिल्यान्डबासि नेपाली लाइ अनुरोध गर्दछु | धन्यवाद |

(लेखक बानाका कोषाध्यक्ष हुनुहुन्छ -सम्पादक )

, ,