माघसम्म निर्वाचन नभए देश ठुलो दुर्घटनामा जाने प्रचण्डको चेतावनी


 काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आगामी माघ सम्म देशमा निर्वाचन गर्न नसकिए देशमा निकै ठुलो राजनीतिक दुर्घटना निम्तिन सक्ने बताएका छन् ।

माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित जनयुद्धको २२ औं वर्षगाँठको अवशरमा आयोजित एक कार्यत्रक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन ।

उनले भने– आउँदो माघसम्म देशमा तीनै तहको निर्वाचन नभए देश नयाँ ध्रविकरणमा जान सक्ने र देशमा निकै ठुलो आराजकताको स्थिति पैदा हुने खतरा छ । ’

अहिले प्रतिगामिहरु जनयुद्ध र जनआन्दोलनद्धारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकत आदी जस्ता महत्वपुर्ण र ऐतिहाँसिक उपलव्धीहरु उल्टाउन लागि परेको बताउँदै त्यसको रक्षाका लागि एकजुट भएर लाग्नु सम्पूर्ण पार्टी पंक्तिको कर्तव्य भएको बताए ।

देशमा दुईखाले अतिबाद देखा परेको बताउँदै उनले दुबैखाले अतिबादले देशलाई गंभिर दुर्घटनामा लान दाबी गरे । उनले भने –राष्ट्रियताको नाममा दुई खाले अतिबाद देखिएका छन् । एउटा जाति विशेषको र अर्को भाषा विशेषको वा वर्ग विशेषको । चाहे मधेसमा देखा पर्ने अलगाववादी प्रवृति होस , चाहे अन्धराष्ट्रवादको रुपमा एउटा वर्ग वा खास जातिको मात्र राष्ट्रवाद लाई मात्र राष्ट्रवादी ठान्ने प्रवृति होस ति सबैको परिणाम परिवर्तनलाई उल्ट्याउने नै हो ।

संवोधनका क्रममा उनले सम्पूर्ण आन्दोलनलाई एकताबद्ध गर्दै परिवर्तनलाई उल्टाउन खोज्ने प्रवृतिलाई परास्त गर्ने उनको दाबी थियो । जनयुद्धको क्रममा भएका हज्जारौ शहिद, वेपत्ता तथा घाइतेहरुको सपनालाई पुरा गर्न अन्तिम सम्म लड्ने प्रतिवद्धता व्यक्त गर्नु नै जनयुद्ध दिवश मनाउनुको अर्थ र औचित्य रहेको प्रष्ट पारे ।

,