विश्व नेपाली पत्रकार संजाल गठन अध्यक्षमा सुरज भण्डारी


अमेरिका ।

नेपाल वाहिर रहेर नेपाली पत्रकारितासग जोडिएका पत्रकारहरुको संजाल गठन भएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासग जोडिएका पत्रकार पत्रकारका विचमा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विश्व नेपाली पत्रकार सञ्जाल (ग्लोवल नेपलीज जर्नालिष्ट नेटवर्क) गठन भएको हो ।

हाल अमेरिकामा रहेका पत्रकार सुरज भण्डारीको संयोजकत्वमा गठित सञ्जालमा क्यानडावाट गोकर्ण लामिछाने, प्रकाश क्षेत्री, पोर्चुगलवाट हिम विष्ट र  भरत प्रधान, संयुक्त अरव इमिरेट्सवाट उमाकान्त पाण्डे, विकास थापा, मोहन वस्याल, दिनेश आचार्य, सुवास शर्मा, ओमानवाट पशुपति जिसी, बहराइनवाट युवराज केसी, जापानवाट ईश्वर ढकाल, कोरियावाट मधु पोखरेल, प्रकाश पाण्डे, सुवास सिम्खडा, न्युजिल्याण्डवाट मिलन जिसी, कतारवाट  सुरेन्द्र परियार, प्रदिप नेपाली, रामप्रसाद पराजुली,महेश्वर नेपाल, साउदी अरबवाट नैनकला राई, कुवेतवाट  हरीकृष्ण न्यौपाने, थाइल्याण्डवाट सुरेश ढकाल, अष्ट्रलियावाट सन्तोष भट्टराई, हगकगवाट अनोज रोका रहेका छन् ।

थप अन्य देशमा रहेका पत्रकारहरुलाई समेत समेट्नका लागि गोकर्ण लामिछाने, उमाकान्त पाण्डे र
भरत प्रधानलाई जिम्मेवारी दिइएको छ । विभिन्न देशमा रहेका पत्रकार पत्रकार विच सम्पर्क स्थापित गरी आपसी सहयोग र सहकार्य गर्दै त्यस देशका नेपाली समुदाय सम्वन्धित गतिविधि देखि लिएर त्यहाका अन्य गतिविधि आदानप्रदान गर्नु मुख्य धेयका साथ स्थापित संजालमा देश अनुसार थप सदस्य विस्तार गर्दै लगिने संयोजक भण्डारीले बताए ।

संजाललाई आगामी दिनमा कसरी अगाडि वढाउने कार्ययोजना तय गर्न संयोजक भण्डारी, हिम विष्टलाई जिम्मेवारी दिदैं  गठनकोे समयमा छुटेका अन्य देशवाट सदस्यलाई प्राथमिकतामा राखेर संजाललाई थप विस्तार गरिने जनाइएको छ ।

, ,