सुन साईली.... चर्चित भिडियो


काठमाडौं ।
पटक पटक सुन्दा र हेर्दा पनि हेरिरहौं लाग्ने एउटा गीत सार्बजनिक भएको छ | लोकप्रिय भिडियो च्यानल युट्युबमा अहिले नेपाली संगितकार तथा गितकार कालिप्रसाद बास्कोटाको ‘सुन साइली’ भन्ने बोलको गितले तहल्का मच्चाईरहेको छ ।


दैनिक ५० हजार भन्दा बढीले भिजिट गरिरहेको यो गितको अडियो मात्रै युट्युबमा उपलब्ध छ । हेमन्त रानाको स्वर रहेको यो गितको गितकार तथा संगितकार उनै बाँस्कोटा हुन् जसले ‘पिरतीको छाता ओढाईदेउ’, ‘निर जहिले रिसाउने’ जस्ता हिट गित दिइसकेका छन् ।

उनैको ‘साइली’ नामक यो गित युट्युबमा अपलोड भएको १५ दिनको बिचमा ८ लाख ५० हजार भन्दा बढीले सुनिसकेका छन् ।
तपाई पनि सुन्नुस्


, ,