नेपालको राष्ट्रियता भनेको हिमाल तराई पहाडको एकता हो! कांग्रेस बरिष्ठ नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्याङजाको छैटौं वालिङ महोत्सवको समापन कार्यक्रममा माघ २३ गते आईतबार राख्नुभएको मन्तब्य ।

नेराजनीतिक अस्थिरताले गर्दा नेपालले धेरै संभावना हुँदा हुँदै पनि विकास गर्न सकेनौ । राजनीतिक अस्थिरताले गर्दा अहिले सम्म पनि विकास अवरुद्ध छ । २००७ साल बाट सुरु भएको आधुनिक नेपालको परिकल्पना राजनीति अस्थीरताका कारण दिगो हुन सकेने । हामी संगै परिवर्तन गरेका भारत र चीनले विकासमा फडको मा¥यो । तर नेपालमा बामपन्थी र दक्षिणपन्थी दरवारिय शक्तीले २००७ सालको परिवर्तन आत्मासात गर्न नसक्दा मुलुकमा आजको दुर्दशा निम्तेको हो । दरवारियाले प्रजातन्त्रलाई विदेशी व्यवस्था भने बामपन्थीहरुले यो व्यवस्थालाई सामन्तीहरुको व्यवस्था भने । दुवै थरिले प्रजातान्त्रीक व्यवस्थालाई निषेध गरे । प्रजातान्त्रीक व्यवस्थालाई निषेध गर्ने चक्करले २०१७ साल आयो अनि २०५२ साल पनि यही चक्करमा आएको हो ।
हिले आएर यो संविधान निर्माण गर्दा हिजो प्रजातन्त्रलाई निषेध गर्ने दुवै पक्षले बहुलवादमा आधारित संसदीय व्यवस्थालाई स्वीकार गरेका छन् । यो राजनीतिक पद्दतीमा सवैलाई हस्ताक्षर गरेका छन् । आज आएर यो राजनीतिक पद्दतीलाई स्वीकार गर्नुथियो भने त्यसैबेला यो राजनीतिक पद्दतीलाई बामपन्थी र दक्षिणपन्थीहरुले स्वीकार गरेको भए राजनीतिक स्थीरता हुन्थ्यो । नेपालको विकास पनि चरम चुलीमा पुग्ने थियो । नेपालले धेरै ठुलो उन्नती हासिल गर्ने थियो ।

अंगिकार गरिसकेका छौ । हिजो साम्यवाद भन्नेहरुले पनि हिजो राजावाद भन्ने तथा अन्य के के वाद भन्नेहरुले आज लोकतन्त्र र बहुलवादमा आधारित संसदीय व्यवस्था अंगिकार गरेका छन् । यो राजनीतिक व्यवस्था सवैले अंगालेपछि अब देशले विकासको अवसर, उन्नतीको मौका पाउनुपर्छ ।

हामी नेपालीलाई मुलुकको विकासका लागि केहि समय चाहिएको छ । यसमा देशी विदेशी सवै मित्रहरु खलबल पु¥याउनु हुन्न । यो देशलाई केहि काम गर्न हामीलाई हाम्रो मुलुक बनाउन देउ अनि हाम्रो मुलुकलाई एशियाको माझमा रहेको सुन्दर राष्ट्रलाई अब सम्पन्न राष्ट्र बनाउन हामी एकजुट बनौं । अनि विदेशी मित्रहरुले पनि नेपालको सुन्दर भविश्यको कामना गरिदिनुस । यही हो आजको आवश्यकता अनि यही आजको नेपालको राजनीति पनि ।
नेपालको संक्रमण टुंगो लगाउनका लागि हामी तर अब अतितलाई सवैले महशुस गरेर सवैले आत्मासमिक्षा गर्नुप¥यो । मुलुलक किन अस्थीरताको भुमरीमा फसेको छ । आजका दिनमा पनि धेरै ठुला र चर्का क्रान्तिकारी कुराहरु आउने गरेका छन् । यसको परिणाम मुलुकको विकास अवरोध हुन्छ । मुलुकमा राजनीति अनिश्चय तर्फ जान्छ । अब मुलुकलाई अलमलमा राख्ने अवस्था छैन । 

हामीले राजनीतिक व्यवस्थाको टुंगो लगाएर मुलुकलाई विकासको बाटोमा लैजानु पर्छ । संविधानसभाबाट संविधान जारी भएसंगै एउटा राजनीतिक व्यवस्थालाईले संविधान जारी गर्दा हामीले हिम्मतका साथ संविधान जारी गरेका छौ । यो संविधान जारी गरेपछि पनि सुनिश्चितता आएको छैन । अझै केहि समस्या आएका छन् । मुलुकमा अझै केहि राजनीतिक समस्या देखिएका छन् । यसलाई समाधान गर्ने दिशामा दुई ठुला पार्टी नेपाली कांग्रेस र एमाले जो हिजो संविधान जारी गर्ने बेलामा संगै थिए । कांग्रेस एमाले माओवादी भएर यो संविधान जारी गरेको हो । अहिले दुई पार्टीको दृष्टीकोणमा केहि फरक मत देखिएको छ ।
 
टुंगोमा पुगेको छैन । अझै पनि देशमा अनिश्चयको अवस्था अझै बाँकी रह्यो । संविधान जारी गर्ने कुरामा एमाले कांग्रेससंगै छ, कार्यान्वयन गर्ने एमालेको पनि कर्तब्य हो । तर संविधान कार्यान्वयनमा मधेशलाई उपेक्षा गर्न हुँदैन । अनि कांग्रेसले विश्लेषण ग¥यो राष्ट्रियता भनेको हिमाल मात्रैको पहाड मात्रैको र तराई मात्रैहो राष्ट्रियता हुन सक्दैन । नेपालको राष्ट्रियता भनेको हिमाल तराई पहाडको एकता हो । हिमाल तराई पहाडलाई अलग थलग गरेर नेपालको राष्ट्रियता बलियो भन्दैन । नेपालका यी तीन भु भागलाई संगै जोडेर होइन अलग अलग गर्ने चाहे त्यो मधेशको आवाज होस चाहे त्यो पहाडको आवाज होस, त्यसले राष्ट्रियता बलियो बनाउदैन भन्ने नेपाली कांग्रेसको मान्यता हो । मधेशमा समस्या समाधानका लागि पनि हामीले नै पहल गर्नुपर्छ । त्यही भएर हामीले संविधान संसोधनको प्रस्ताव अगाडि सारेका हौ । 

संविधान संसोधनको प्रस्ताव संसदमा छलफल गरेर संसोधनको कुनै शब्दले राष्ट्रियतालाई अफ्ठ्यारो पार्ने छ भने त्यो समाधान गर्न सक्छौ । यो शब्दले यो वाक्यमा भएको यो कमाका कारण भविश्यमा राष्ट्रियतामा आँच यसरी आउछ भनेर संसदमा छलफल गरौ । तर अहिलेको संविधान संसोधनमा राष्ट्रको बिखण्डन गर्ने राष्ट्रियता गुमिहाल्ने भन्ने छैन । केहि शब्ल कमा पुर्णविराम मिलाउने भए मिलाउन सकिन्छ । सम्पुर्ण रुपले यसलाई निषेश गरेर समस्याको कहिल्यै समाधान हुँदैन । मधेशलाई निषेध होइन संगै लिएर जानुपर्छ । खासगरि पहाडे सोचाईले मधेशलाई हिजोका दिनमा उपेक्षा गरेकै हो । त्यहाका मानिसले उपेक्षित भएको महसुश गरेकै हुन । आदिवासी जनजाती महिला, दलितले उपेक्षामा परेको महसुश गरेकै हुन । उपेक्षित भएका वर्गलाई उपेक्षा भावना बाट मुक्त गराउनु जिम्मेवार राजनीतिक दलको दायित्व हो । सवैको अधिकारको सवैको सम्मानको सुरक्षा गर्छाै भन्ने ग्यारेण्टी ठुला पार्टीहरुको दायित्व हो । यसैका लागि संविधान संसोधनको प्रस्ताव अगाडि आएको हो ।

मधेशमा मित्रहरुले पनि बुझ्नुपर्छ, उहाँलहरुले पनि सर्तमाथि सर्तका कुरा नगर्नुस । हामीले धेरै उपलब्धी हात पारेका छौ । यो संविधानले संघीयता ल्याएको छ । मधेशका साथीहरु संघीयता हाम्रा कारण आएको भन्नुहुन्थ्यो । यो संविधानले समावेशीता, गणतन्त्र, लोकतन्त्रको सुनिश्चितता गरेको छ । यी सवै भन्दा ठुला उपलब्धी हुन । अहिले मधेशका हात वित्ताका सर्तका कारण यी उपलब्धी बचाउन तर्फ लागौ । यी उपलब्धी बचाउन नलाग्ने हो भने जनताले
दुई ठुला पार्टीका बीचमा देखिएको फरक मत भनेको राष्ट्रियताको सवाल हो । राष्ट्रियता बलियो कसरी हुन्छ भन्ने बिषयमा कांग्रेस र एमालेका बीचमा मतान्तर देखिएको छ । एमालेको मत विना मधेशको राष्ट्रियता भन्ने देखियो । मधेश सधै कचकच गरिरहन्छ । हामी आफ्नो वाटो जाऔं । मधेशी दलहरुलाई छोडौं । यसैमा कांग्रेस एमाले माओवादी जाऔं भन्ने छ । तर कांग्रेस एमाले र माओवादी मिलेर संविधान जारी गरेको हो । तर संविधान जारी गरेर पनि सम
स्यामधेशका नेताहरुको नियतमाथि पनि प्रश्न उठाउनेछन् । 

हामीलाई पनि मधेशका नेताहरुको नियतमा शंका गर्नुपर्नेछ । अब हामीले सिंगो राष्ट्रलाई चुनावमा केन्द्रीत गर्नुपर्छ । चुनावको मिति पर पर सार्दै जानु दुर्भाग्य हो । यो चुनावलाई पर पर धकेल्ने प्रवृति अब स्वीकार्य हुँदैन । प्रतिनीधि सभाको चुनाव एकै पटक गरौ भन्ने बहस सुरु भएको छ । यो प्रतिनीधिसभाको मात्रै चुनावलाई अहिलेको राजनीति व्यवस्थालाई सुनिश्चित गर्दैन । यसले समस्याको छिनोफानो गर्दैन । तीन तहका चुनाव सम्पन्न गरेर मात्र मुलुको समस्याको समाधान हुन्छ । यसमा कसैले आलटाल गर्न हुँदैन । चुनावको मिति छिटो घोषणा होस । सवै पार्टी चुनाव गराउनका लागि सहयोगी बन्नुपर्छ । जनतालाई बुथ र व्यालेटको प्रयोग गर्न दिनुपर्छ । यसमा सरकार पनि इमान्दार हुनुपर्छ । अब राजनीति पार्टीले प्रतिस्पर्धा गाँउको विकासका लागि गरौ ।

एकछिनका लागि सवैले अतिवादी सोच चिन्तन थन्काएर हामीले अगाडि बढ्नुप¥यो । वास्तविकतामा सवै जानुपर्छ । वास्तविकता र उत्तेजनामा फरक हुन्छ । वीपी कोइरालालाई धेरै कुनै बेला लेण्डुप दोर्जे भन्थे आज तीन वीपी कोइरालालाई महान भन्दैछन् । वीपीलाई अहिले तीनै लेण्डुप दोर्जे भन्नेहरु राष्ट्रवादी कोहि हो भने त वीपी नै रहेछन् भन्दैछन् । राष्ट्रियताको लडाई त वीपीले लडेका रहेछन भनेर समय धर्केपछि जसरी महसुश गरिएको छ । आजका दिनमा नेपाली कांग्रेसले राखेको अडान पनि कुनै दिन सही मान्नेछन् जसले आज कांग्रेसले राष्ट्रियताका सवालमा बाटो विरायो भन्नेहरुले । भोली कांग्रेसले अहिले रोजेको बाटोले नै राष्ट्रियता बलियो हुनेछ ।

,