केटाकेटीलाई मनपर्ने चलचित्र ‘कुङ फु योगा'


जनरः एडभेन्चर ड्रामा
निर्देशकः स्ट्यान्ली टोङ
निर्माताः तैहे इन्टरटेन्मेन्ट, साइन वर्क पिक्चर्स
स्टारकास्टः ज्याकी चेन, सोनु सुद, अमायरा दस्तुर, दिशा पाटनी 
संगीतः कोमेल– शिवान
प्लटः ज्याकी चेन यस पटक भारतीय कलाकारसँग मिलेर एक विशेष चलचित्र दिनेछन् ।
ज्याकी चेनको नाम आउने बित्तिकै तपाईँ सामु एक फुर्तिला अभिनेताको तस्बिर आइहाल्छ । जस्तोसुकै अवस्थामा पनि उनी उत्कृष्ट एक्सनका साथ अघि बढ्छन् । यसपटक पनि यस्तै जादूमयी कामका साथ ‘कुङ फु योगा’ का साथ ज्याकी चेन तयार छन् ।

चलचित्रको कथा निर्देशन, अभिनय र संगीतका आधारमा चलचित्रको भाष्कर अनलाइनले समीक्षा गरेको छ ।

यो चलचित्रलाई भाष्करले उत्कृष्ट निर्देशन, ज्याकी चेनको अभिनयको प्रशंसा र यसको एडभेन्चर बालबालिका लागि अझ मनोरञ्जनकारी हुने बताएको छ ।

कथा
यो कथाको सुरुआत ईशापूर्व ३०० मा भएको एउटा नाटकसँग सुरु हुन्छ । जब चीनको ट्याङ साम्राज्यका व्यक्ति भारतको मगध साम्राज्यको मद्दत गर्दै दुष्ट अरुणासवामाथि विजय प्राप्त गर्न कोशिश गर्छन् । र कथा पुनः वर्तमानमा चीनमा आधारित हुन्छ ।

जहाँ प्रोफेसर ज्याक (ज्याकी चेन) आफ्ना विद्यार्थीलाई पढाउँदै गरेको देखिन्छन् । ज्याक एक पुरातत्वविद् हुन्छन् । जो संग्राहलयमा प्रत्येक विद्यार्थीलाई इतिहासको जानकारी दिइरहेका हुन्छन् ।

त्यसैबेला भारतको राजस्थानकी प्रोफेसर अस्मिता (दिशा पाटनी) आफ्नी असिस्टेन्ट कायरा (अमायरा दस्तुर) लाई लिएर ज्याकसँग भेट्न चीन पुग्छिन् । तिनीहरूसँग कैयौँ वर्ष पुराना तस्बिर नक्सा हुन्छन् । जुन ज्याकलाई हस्तान्तरण गर्छन् र त्यसको रहस्यबारे जान्न चाहन्छन् ।

नक्सालाई देख्ने बित्तिकै ज्याक, अश्मिता, कायरा र आफ्नो पूरै टिमसँग मगध साम्राज्यको हराएको खजाना (बहुमूल्य सम्पत्ति) को खोजीमा लाग्छन् । जसमा अनेकौँ कठिनाइ आउँछन् ।

यसैबीच यो काममा रेन्डल (सोनु सुद) को पनि आँखा लागि रहेको हुन्छ । जसले त्यो सम्पत्तीमाथि आफ्नो अधिकार खोजिरहेको हुन्छ । कथामा कैयौँ ट्वीस्ट आउँछन् । चीनबाट दुबई र फेरि भारतको राजस्थानसम्म चलचित्र पुग्छ । अन्त्यमा एउटा क्लाइमेक्सले चलचित्रको कथालाई बिट मारिदिन्छ । यो जान्नका लागि भने तपाईँले चलचित्र नै हेर्नैपर्छ ।    

निर्देशन

चलचित्रको निर्देशन गज्जबको छ । भीएफएक्स, ब्याकग्राउन्ड र एक्सन सिक्वेन्स गजबका छन् । चलचित्रको लोकेसन पनि लोभ लाग्दो छ । दृष्यलाई हेर्दा क्यामेराको काम पनि राम्रो देखिएको छ ।

चलचित्रको कथा मध्यान्तर अघि सुस्त गतिमा बगेको छ । तर, मध्यान्तरपछि तीव्र गतिमा बगेको छ । कैयौँ एक्सन सिक्वेन्समा वास्तवमै ज्याकी चेनको उपस्थिति देखाउँछ । विशेष गरेर बालबालिकाले यो एडभेन्चरलाई आत्मीय मान्नेछन् ।


स्टारकास्टको पर्फर्मेन्स

चलचित्रमा ज्याकी चेनको भूमिका गज्जबको छ । विशेष गरेर एक्सन सिक्वेन्स हेर्न लायक छ । अमायरा दस्तुरको काम पनि राम्रो छ । त्यहीँ दिशा पाटनीको दृष्य पनि राम्रो छ । सुरुआतको डबिङ केही हल्लिएको जस्तो थियो । जसलाई सिंक गर्नु जरुरी थियो । यता सोनु सुदको भिलेन अवतार अझै पनि उत्कृष्ट  हुन सक्थ्यो । ज्याकी चेनका अघि यो अवतार अत्याधिक कमजोर देखिन्थ्यो । अनौठो र अचम्मको कुरो त अन्तमा यो भूमिका सबैसँग डान्स पनि गर्न थाल्यो ।

चलचित्रको संगीत
चलचित्रको व्याकग्राउन्ड स्कोर राम्रो छ । तर, अन्तिमको गीत मात्रै ज्याकी चेनका लागि देख्न सकिन्छ । चलचित्र सँगै क्लाइमेक्ससँग यो गीत फिट हुँदैन ।

हेर्ने या नहेर्ने
यदि तपाईँ ज्याकी चेन र उनको एक्सनको ठूलो फ्यान हुनुहुन्छ भने एक पटक अवश्य हेर्नुहोस् ।

, ,